सोह्रश्राद्धको सारतत्व

सोह्रश्राद्धको सारतत्व

सोह्रश्राद्ध सुरु भइसकेको छ,। आश्विन कृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोह श्राद्ध भनिन्छ। पूर्णिमा समेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा १६ रै दिन भने पूरा हुन्न। चतुर्दशीका दिन शस्त्राश्त्रले हताहत भई मरेकाका लागि मात्र गरिन्छ। सामान्यः दिनहरूमा यो लगभग १३.१४ दिनको हुन्छ र एकदिन मघायुक्ततिथि पर्नाले छोराहरू हुनेले पितृपक्ष भए पनि त्यो दिन पिण्डदान गर्दैनन्। मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति। मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानी हुन पुग्छ। यसपालि मघा त्रयोदशीमा परेको छ, यही असोज ७ गते। छोरा हुनेले मघातिथिको साटो अन्यतिथि खोजी सोह्र श्राद्ध गर्छन् वा औंसी, एकादशीमा गर्छन् वा सिदा तर्पणबाटै बिसर्जन गर्छन् पितृहरूलाई।

 श्राद्धको परिचय गर्नुपर्दा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो। आफ्ना दिवंगत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पणभाव र उनीहरूप्रतिको दयाभाव हो। आफ्ना पिता, माता र पुर्खाबिना यस धर्तीमा उदय असंभव भएको र उनीहरूकै प्रेरणा पाएर, उनीहरूकै लालन, पालन, उचित शिक्षाको प्रबन्ध भएरै सन्ततिहरू अघि बढेका हुन्छन्। विशेषज्ञ सेवा पाएर डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता र उच्च वर्गदेखि सारा मानवजीवन सञ्चालन भइरहेको हुन्छ। इतिहास र पूर्वजको संस्मरण बिना आजको सुरु र भविष्यको समुन्नत सुखको कल्पना निरर्थक हुन्छ।

 दिवंगत पितृहरूले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देह धारण गरेका हुन्छन् र तत्तत् योनिका खाना स्वरूप आ–आफ्ना दिवंगत पितृहरू तृप्त हुन्छन् र देवत्वमा प्राप्त गरेका पितृहरूले पनि आप्mनो सन्ततिबाट केही आशा गरेका हुन्छन्। त्यसैले समय र स्थान विशेष परिवर्तन र वातावरण अनुकूल नभएकै कारण देखाई पुत्रहरूले पितृप्रति गरिने कर्म लोप गर्न मिल्दैन। आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ। यसपालि धेरै श्राद्ध गोकर्णमा, आर्यघाट क्षेत्रमा भएको दखियो, जसको आफ्नो स्वामित्वको निबास हुँदैन, उनीहरू तीर्थमा श्राद्ध गर्ने गर्छन्, तर गोकर्णमा हरेकपल्ट पैसा उठाउने गरेको देख्दा नरमाइलो लाग्यो त्यो पनि रकम तोकेरै। सम्बन्धित समितिसँग यसरी धेरै पैसा त उठाउन भएन निभन्दा अस्ति मात्रै ४ लाखको बिनुलीको पैसा तिरेको, अनि कसरी नउठाउनु भन्ने जवाफ पाइयो।

संस्कति मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, सम्बन्धित वडा कार्यालयको ध्यानाकर्षण होस् पार्किङ भन्दै अचाक्ली पैसा असुल्ने, शौचालय भन्दै, ठाउँको चार्ज भन्दै, सफाइ भन्दै मोटो रकम असुलेको देख्दा यजमानहरूको रोइलो नै देखियो। सबैसँग मनग्ये पैसा हुँदैन, तीर्थको मोह पनि घट्छ यसो हुँदा। अर्को कुरा ब्राह्मणहरूको लर्को, झोला समात्न जाने, यजमानले आपूmले पुरोहित छान्न नपाउने सिष्टम देखियो त्यहाँ, दर्जनौं बाह्मणहरू बाटैमा समात्न आउने गरेको देखियो। गोत्र, थर, योग्यता, चारित्र, ठीक बेठीक आपूmले छान्न पाउने अधिकार यजमानलाई हुन नसकेको अवस्था देखियो। सामाजिक संस्था त्यो पनि मन्दिरमा यस्तो विषम परिवेश राम्रो भएन, व्यपारमा वा अन्य काममा बिचौलिया भएभैंm, धर्म, संस्कृतिमा पनि उही रोग देख्दा मन कुँडिएको छ।

 श्राद्धको विधि के हो भने अघिल्लोदिन एकभक्तिमा बसेर, श्राद्धको दिन सर्वप्रथम तर्पणको आरम्भ गरिन्छ। पु नामक नरकबाट तार्नेको नाम पुत्र भएकाले भावी र बिगतका पिँढीहरूका लागि छोराको कर्तव्य किंचित् बढी तोकिएको छ। लालना, पालना र कर्मको खातिर बावुले, आमाले गरेको अथक प्रयास र सो ऋणबाट चुक्ता हुने गतिलो साधन भनेको वर्षभरि मरेका पितृहरूका नाममा गरिने तर्पण नै हो।

शास्त्रीय प्रमाण खासगरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति याज्ञबल्क्य आदि र अन्य संहितालाई आधार बनाएर तर्पणको क्रममा हरेक बिहान तर्पण संभव नदेखिँदा हिजोआज श्राद्धकै दिन अघि वा पछाडि गर्ने चलन चलेको छ। जौ, तिल र कुशले प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो। यसमा सर्वप्रथम ब्रह्मादि ३ देवताहरूलाई जनै सव्यले जलदान गरिन्छ। पूर्व फर्केर प्रजापति, देवताहरू, ऋषिहरू, गन्धर्वहरू, देवी, अप्सरा, नागहरू, यक्षहरू, पिशाच, भूत, पशु, मनुष्य, वनस्पति, औषधि, अत्रि, मरिची, अत्रि आदि ऋषिहरू, भृगु, बशिष्ठ आदिलाई तिल कुशले जलदान गरिन्छ। त्यसपछि जनैलाई माला लगाएर दुई/दुईपटक सात मनुष्यहरूलाइर्, पितृहरूलाई जलदान गरिन्छ। पछि अपसव्य भएर खगौतोबाट मोटक, तिलसहित दिव्य पितृहरूलाई तर्पण गरिन्छ। त्यसपछि आफ्ना पिता पुर्खा, मावली, बन्धुबान्धवलगायत दिवंगत सबै पितृहरूलाई तर्पणदान गरिन्छ।

सन्तति नभएर पिण्ड पानी नपाउनेहरूका लागि पछाडि छुट्टै तर्पण गरिन्छ, जनैलाई जलमा चोपेर। पिशाचहरूले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल भन्ने पनि आहान छ। जनै निचरेर दिनु भनेको संकेत त्यही हो। पछि सूर्यलाई अध्र्य दिई दशै दिशा नमस्कारपश्चात् तर्पणको विधि पूरा हुन्छ। यो काम पनि पवित्र नदीमा गर्नु बेस हुनाले धेरैले गोकर्ण, उत्तर गयालाई रोज्ने गरेका छन्, किन्चित् सफा भएर पनि हो।

हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ भने पितृहरूको हाम्रो हुने १ वर्ष उनीहरूको एकदिन हो। त्यसैले दिनदिनै पुत्रसन्ततिबाट उनीहरूको आत्मा तृप्त हुने विश्वासअनुरूप हरेक वर्ष दिवंगत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध एकोद्विष्ट श्राद्ध हो। पितृपक्षमा एकोद्विष्ट पर्न गए एकापार्वणको रूपमा श्राद्ध गरिन्छ भने देवब्राह्मण र पितृब्राह्मण स्थापना गरी एकोद्विष्ट श्राद्ध एकापार्वणको विधिले सम्पन्न गर्नुपर्ने हुन्छ। देवताहरू खुसी हुन्छन्, भक्तिभावले आँसुभाव, समर्पणभानवाट देवता खुसी पार्ने माध्यम हो। भजन किर्तन, पुकार आदिमा शब्दको ख्याल नगर्दा पनि हुन्छ। यतिबेला जसले जसरी जान्दछ, शक्तछ उसैगरी पुकार गर्दा हुन्छ भने पितृभावमा यति सजिलो छैन। वाक्य शुद्धि हुनुपर्छ, वचन, बिभक्ति, कारक, पुरुष, सबै मिल्नुपर्छ। पितृहरूले आपूmले दिएको वस्तु प्राप्त गर्न वाक्य शुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निष्फल हुन्छ। एउटै पितृको उद्देश्यमा एकोद्विष्ट हुन्छ भने यसको समय पनि निर्धारण गरिएको छ।

एकोद्विष्ट श्राद्ध मध्याह्न कालमा गर्नुपर्ने हुन्छ भने महालय भनौं १६ श्राद्ध अपराह्नकालीन हुन्छ। तीर्थमा गरिने श्राद्धलाई तीर्थ श्राद्ध भनिन्छ। गृहस्थीहरूका लागि तीर्थ श्राद्ध एकदमै जरुरी छ। औंसी वा पावनतिथि पारेर सन्ततिले पितृउद्धारहेतु गंगा, यमुना, सरस्वतीको संगम, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी जहाँ तीर्थस्थलहरू छन् गंगोत्तरी, यमुनोत्तरी, गया, पुनपुन, हरिद्वार, ऋषिकेश, बदरीकाधाम, केदारखण्ड, बिभिन्न घाटहरू, गोकर्ण, उत्तरगया, आर्यघाट, वाराहक्षेत्र, कागवेनीक्षेत्र, देवघाटलगायत आफ्नो शक्ति र क्षमताअनुसार पितृउद्धारहेतु तीर्थ श्राद्ध गर्नुपर्ने हुन्छ, त्यसैले पनि तीर्थहरूको महत्व बढी भएको हो। 

तीर्थमा जौको पिण्ड दिने र श्राद्धको बिधान पनि फरक हुन्छ। गया वा तीर्थ श्राद्ध नगरेसम्म पितृ तृप्त नहुने कुरा गरुडपुराणमा एवं पद्मपुराणमा उल्लेख गरिएको छ।

दिवंगत सबै पितृहरूको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्र श्राद्ध हो। सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्याराशिमा सूर्य सरेको वखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतध्न हुन् भनेर बताइएको छ। गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, बैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरूको श्वास–प्रस्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हँुदैन। यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु वावुको या नसके वाजेको तिथिमा लिइनु राम्रो मानिन्छ। सुतक, जुठो वा असर्धो समय परे एकादशी या औंंसीमा गरिनुपर्छ। रोकिएकाले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको औंसीमा गर्ने गरेको पनि पाइन्छ। यसमा खासगरी स्वाहा स्वधा दुवैको आवाहन गरिन्छ। देवऋषिहरू, पितृऋषिहरू स्थापना गरी स्वाहा र स्वधा मन्त्रले पूजा गरिन्छ। एकातिर जनै सव्य गरेर सांँहिली औंलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य, चोरी औंलाले पूजा गरिन्छ। दिवंगत सबैजसोका लागि पिण्ड दिइन्छ। कसैले १६ वटा पिण्ड पुर्‍याउँछन् भने कसैको सोभन्दा बढी हुन्छ भने कसैले ६ वटा मात्र दिने गरेको पनि देखिन्छ, यो चलनको कुरा हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.