दसैंमा सिमावर्ती बजार सुनसान

दसैंमा सिमावर्ती बजार सुनसान

इलाम : लाखौं रुपैयाँको  कारोबार हुने पशुपतिनगर नाका दसैंको समयमा पनि सुनसान छ ।

पहिलेपहिले एक महिनादेखि भारतीय ग्राहकले भरिने पशुपतिनगरमा यसपटक सुनसान बनेको हो । 
यो भीडभाड हुने सिजन हो तर सुनसान छ स्थानीय व्यापारी जीआर खड्काले बताए । दसैंको समयमा राति नौ बजेसम्म भीडभाड हुने बजारमा दिनभरीमा पनि बोहोनी नहुने गरेको बताए । 

विगतका दसैंमा दार्जीलिङबाट दैनिक आउने सयौं भारतीय पर्यटकहरु पशुपतिनगर आएर कपडा, जुत्ता कस्मेटिक सामाग्री खरिद गर्ने र यसबाट लाखौंको कारोबार हुने गरेको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । उनले भने, 'हाम्रो लागि दसैंका सबैभन्दा खराब सिजन बन्यो यो वर्ष ।'

भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यापारीहरुको कारोबार हुने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात निर्यातको कारोबार नगर्दा व्यापरिको कारोबार पनि ठप्प छ । भारतीय पक्षले भन्सारको कारोबार नगर्दा नेपालका उत्पादन वैधानिक रुपमा भारततर्फ निकासी हुन सकेको छैन । 

सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने, 'गत वर्ष यो अवधीमा दैनिक ५० लाखको  कारोबार हुने व्यपारीक केन्द्रमा अहिले मुस्किलले १० लाखसम्मको कारोबार हुने गरेको छ ।’ 
२०३६ सालमा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यपारी र सर्वसाधारण हुने गरेका थिए ।

चीनबाट सोझै सामान भारतका विभिन्न सहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घट्न थालेको संघका अध्यक्ष प्रमोद राईले बताए । उनले चीनले नुथला बोर्डर हुँदै भारततर्फ आफ्ना उत्पादन हुँदै निर्यात गर्न थालेपछि पशुपतिनगर बजार थलिन थालेको हो । 

पशुपतिनगरमा व्यपार गर्ने ७ सय व्यपारीहरुमध्ये अहिले ३५० हाराहारीमा मात्र व्यापारीहरु पशुपतिनगरमा छन् । व्यापार सुक्दै जाँदा अधिकांश व्यापारीहरु विस्थापित भइ भारतको सिलिगुडी, काठमाडौं, विराटनगर, विर्तामोड लगायतका सहरमा जाने गरेका छन् ।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वाराइन्टेन खोल्न पहल गर्न सरकारलाई आग्रह गरेपनि सुनुवाइ नभएको अध्यक्ष राईले बताए । 


 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.