मोहनविक्रम सिंहलाई डेंगु संक्रमण, थप उपचारका लागि काठमाडौं लगिंदै
![मोहनविक्रम सिंहलाई डेंगु संक्रमण, थप उपचारका लागि काठमाडौं लगिंदै](https://annapurnapost.prixacdn.net/media/albums/mohan-bikram-singh_20220928093511_VKIN5Eq817.jpg)
बुटवल : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई डेङु लागेको छ। केही दिनअघि भारतको दिल्लीबाट स्वदेश फर्किएका सिहंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
८८ वर्षीय सिंहलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको पारिवारले जनाएको छ । अस्पतालका डाक्टर शम्भु खनालका अनुसार महामन्त्री सिंहलाई डेंगु फिवर देखिएको र शरीरमा कमजोरपन देखिएको छ । सिंहलाई अहिले ज्वरो घटेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)