पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो
चितवन : पहिरोले अवरुद्ध नारायणघाट मुग्लिन सडक सञ्चालनमा आएको छ । लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान साढे आठ बजेदेखि दुईतर्फी अवरोध भएको सडक ११ बजे हटाइएको हो ।
भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा अविरल वर्षाका कारण पहिरो झरेर अवरोध भएको थियो । प्रहरी सहायक निरीक्षक बिष्णुबहादुर मोक्तानले पहिरो हटाएर बाटो सुचारु भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !