नारायणघाट-मुग्लिन सडक फेरि अवरुद्ध
चितवन : पहिरोको कारण नारायणघाट मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।
लगातारको वर्षाले भरतपुर महानगरपालिका- २९ केराबारीमा पहिरो खसेको हो । वर्षाको कारण लेदोसहितको पहिरो झरेर सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए । पहिरो दिउँसो ३ बजेतिर खसेको हो।
अवरुद्ध बाटो खुलाउन ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस !