चितवन-३ मा कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाले दिए बागी उम्मेदवारी
चितवन : नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाले बागी उम्मेदवारी दिएका छन्। चितवनको क्षेत्र नम्बर ३ बाट कोइरालाले उम्मेदवार दिएका हुन्। अधिकारीको प्रस्तावकमा मुक्तिराम अधिकारी क्रियासिल सदस्य र समर्थक दिपक अर्याल क्षेत्रीय प्रतिनिधि रहेका छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवार बनेका छन्।
यसअघि २०७९ मा भरतपुर महानगरपालिकाको मेयरको उमेदवार बनेका उनको माओवादीसँगको गठबन्धनमा पार्टीले उमेदवार फिर्ता गरेको हो । आइतबार उम्मेदवारी दर्तापछि कोइरालाले पार्टी कसैको प्रालि नभएको बताए। उनले भने, 'पार्टी कसैको प्रालि होइन, पार्टी सच्चिनु पर्छ।'
प्रतिक्रिया दिनुहोस !