नवौं राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा बागमती र आर्मी फाइनल खेल्ने

नवौं राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा बागमती र आर्मी फाइनल खेल्ने

तनहुँ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको फाइनल खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ।

मंगलबार भएको सेमिफाइनल खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल गुगेको हो। आर्मीले गण्डकी प्रदेशलाई हराएको हो।

बागमतीले  सुदूरपश्चिमलाई ८३-२५ को फराकिलो स्कोर अन्तरले पराजित गरेको थियो। खेलको पहिलो चरणमा २०-४, दोस्रो चरणमा २५ -८, तेस्रो चरणमा १८-३ र चौथो चरणमा २०-१० को अन्तर बनाएको थियो।

त्यस्तै, आर्मीले गण्डकी प्रदेशलाई ६७-३५ अन्तरको स्कोरले पछाडि पार्दै जीत हाँसिल गरेको हो। खेलको पहिलो चरणमा २०-६ र दोस्रो चरणमा १९-५ को स्कोर गर्दै आर्मी बलियो अवस्थामा पुगेको थियो। 

तेस्रो चरणमा गण्डकी खेलमा फर्किदै १५ -११ को अन्तरले आर्मीभन्दा माथि रहेपनि अन्तिम चौथो चरणमा पुनः आर्मीले १७-९ को स्कोर अन्तर बढाउँदै सहज जीत निकाल्न सफल भयो। प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.