सुत्केरी हुन नसकेकी कुशुमको हवाई उद्धार

सुत्केरी हुन नसकेकी कुशुमको हवाई उद्धार

सिमकोट: व्यथा लागेको चार दिनसम्म सुत्केरी हुन नसेकेकी अदानचुली–५ कि कुशुम टमटाको हवाई उद्धार गरिएको छ ।

 
लामो समय बित्दा पनि गाउँमा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकोप्टरमार्फत टमटाको उद्धार गरिएको हो । 

बुधबार श्रीनगर स्वाशस्थ्य चौकीमा भर्ना गरिएको टमटाको कुनै सुधार नभएको र स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नदेखिएपछि प्रदेश अस्पताल सुर्खेत वा अन्य कुनै सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको श्रीनगर स्वास्थ्य चौकीका इन्चार्ज रामशरण थापाले जानकारी दिए । 

‘प्रारम्भीक स्वास्थ्य परिक्षण गर्दा उनको अवस्था जटिल देखिएपछि हामीले रिफर गरेका हौं’, स्वास्थ्य चौकी इन्चार्ज थापाले भने ‘गाउँपालिका अध्यक्षलगायतका सबै पदाधिकारीलाई खबर गरेपछि उहाँको समन्वयमा स्वास्थ्य सेवा कार्यालयको सिफारिसमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भएको हो ।’

थापाका अनुसार स्वास्थ्य चौकीमा ल्याएपछि स्वास्थ्य परीक्षण गर्दा टमटाको पाठेघरको मुख केही खुलेकाले उनलाई प्रशव व्यथा नैं लागेको भन्ने निचोडमा आफूहरुले छिटो उद्धारको पहल भएको हो । 

गाउँपालिको अनुरोधमा जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयको सिफारिसमा महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टरको भाडा व्यहोर्ने गरेर टमटालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले जानकारी दिए । 

महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गदै आएको र हुम्ला जिल्लामा पनि यो सेवाबाट दर्जन बढी महिला लाभाम्वित भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.