जेसीबीको ठक्करबाट एक जनाको मृत्यु

जेसीबीको ठक्करबाट एक जनाको मृत्यु

दैलेख : दैलेखमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भैरबी गाउँपालिकाको जेसीबीले ठक्कर दिँदा भैरबी गाउँपालिका–३ की ३९ वर्षीया धनि मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सूचना अधिकारी पुरुषोत्तम कार्कीले जानकारी दिए। 

सहिदगेटदेखि डाँडीमाडी खण्डको सडक मर्मत गरेर सिलङ्गी तर्फ जाँदै गरेको गाउँपालिकाको भे १ क १६४२ नम्बरको जेसीबीले अगाडीबाट आइरहेको ट्रयाक्टरलाई साइड दिन ब्याक आउन लाग्दा पैदल यात्री मियाँलाई ठक्कर दिएको हो। 

भैरबी गाउँपालिका–४ डाँडीमाडी बजारमा साँझ साढे ७ बजेतिर भएको दुर्घटना लगतै प्रहरीले जेसीबी र चालक प्रविण शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक कार्कीले बताए। मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल ल्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.