पाल्पाका ३ पालिकाको निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने माग

पाल्पाका ३ पालिकाको निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने माग

तानसेन : पाल्पाका ३ वटा पालिकाको ३ वटा निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने स्थानीयले माग गरेका छन्।

निर्वाचन क्षेत्र निधारण आयोग २०७४ ले पाल्पाको निर्वाचन हचुवाको भरमा निधारण गर्दा ३  वडाका जनताले सास्ती भोग्दै आएका छन् । २०७० सालसम्मको निर्वाचनमा पाल्पामा ३ वटा निर्वाचन क्षेत्र कायम रहेकोमा, निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र पुनसंरचना गर्दा २०७४ सालको निर्वाचनमा पाल्पालाई २ वटा निर्वाचन क्षेत्र कायम गरेको थियो ।

राजनीतिक भोटको आधारमा, भौगोलिक अवस्थाको अवलोकन नगरिकन, कुनै नेताको सिफारिसमा आयोगले निर्वाचन क्षेत्र निर्धारण गरेकोमा स्थानीयवासीले आपत्ती जनाएका हुन् । ५ वर्षको अवधीमा राजनीतिक तथा विकास निर्माणमा आफूहरुमाथि ठूलो विभेद भएको स्थानीय राजनीतिक दलका नेताहरुले गुनासो गरेका छन् । 

पाल्पा निर्वाचन क्षेत्र नं. २ मा रहेको तानसेन नगरपालिकाको वडा नं. ८ मदनपोखरा  निर्वाचन क्षेत्र नं. १ मा गाभिएको छ । यसैगरी तिनाउँ गाउँपालिका वडा नं. ५ कोल्डाडालाई विगतमा २ नम्बर निर्वाचन क्षेत्र रहेकोमा हाल निर्वाचन क्षेत्र नं. १ मा गाभिएको छ । 

आउँदो निर्वाचनमा तानसेन नगरपालिका वडा नं. ८ मदनपोखराका जनता मतगणना सुन्न रामपुर नगरपालिकाका पुग्नुपर्ने बाध्यता भएको छ । तानसेनमा हालेको मत रामपुर नगरपालिकामा गणना हुने अवस्था आएको छ । तिनाउँ कोल्डाडाको मत पनि रामपुरमा गणना हुने भएको छ । 

राजनीतिक आस्थाको आधारमा, एउटै पालिकाका वडाहरु मनोमानी रुपमा फरक फरक निर्वाचन क्षेत्रहरुमा विभाजन गर्दा राजनीति तथा विकासका गतिविधिमा  कम प्राथमिकतामा पर्ने गरेको तानसेन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सोमनाथ अर्यालले बताए । 

 त्यस्तै गुनासो तिनाउँ गाउँपालिका वडा नं। ५ की वडा अध्यक्षले गरेकी छन् ।  तिनाउँ गाउँपालिकाका अन्य ५ वटा वडा निर्वाचन क्षेत्र नं. २ मा रहेका छन् भने ५ नं. वडा कोल्डाडा मात्र निर्वाचन क्षेत्र नं. १ मा परेकोले विकास निर्माणका काममा समस्या पर्ने गरेको अध्यक्ष  चिदीले बताइन् । 

निर्वाचित जनप्रतिनिधिले निर्वाचन क्षेत्र निर्धारण आयोगमा राजनीतिक पूर्वाग्राही भावनाबाट सिफारिस गर्दा भुगोल क्षेत्र नमिलाइकन क्षेत्र निर्धारण गरेकोले अहिले आफ्नो वडा लाई समस्या परेको  स्थानीयबासीले बताएका छन् । पालिकाका वडा नं. १ चिदीपानीबाहेक अन्य सबै वडाहरु निर्वाचन क्षेत्र नं. १ मा परेका छन् । 

निर्वाचन क्षेत्र नं.२ बाट सबैभन्दा पछाडि परेको वडा पर्यो त्यसै पनि विकासका कुरा अन्तिममा पर्ने रहेछ, निर्वाचन क्षेत्र नं. १ बाट आफ्नो वडा समावेश नभएकोले काम गर्न र विकास निर्माणका कुरामा समस्या परेको वडा अध्यक्ष राजकुमार पन्थीले बताए । 

निर्वाचन क्षेत्रमा भुगोल नमिलेको भन्दै हाल निर्वाचन क्षेत्र नं. २ मा कायम रहेको  माथागढी गाउँपालिकाको वडा नं. १ चिदिपानी निर्वाचन क्षेत्र  २ मा कायम हुनुपर्ने, हाल निर्वाचन क्षेत्र नं. १ मा रहेको तानसेन नगरपालिका वडा नं. ८ मदनपोखरा र तिनाउँ गाउँपालिका वडा नं. ५ कोल्डाडा क्षेत्र निर्वाचन क्षेत्र नं.२ मा कायम हुनुपर्ने माग स्थानीयवासीको रहेको छ ।  

जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुकमागत अर्यालले यो विषय कार्यालय, निर्वाचन आयोगले गर्न नसक्ने काम भएकोले मन्त्रिपरिषदको बैठकले  निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि निर्वाचन क्षेत्र निर्धारण गठन गरी क्षेत्र मिलाउनु पर्ने व्यवस्था रहेको बताए ।

२०७० सालको संविधानसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं. १ बाट राधाकृष्ण कडेल, क्षेत्र नं. २ बाट सोमप्रसाद पाण्डे र क्षेत्र नं. ३ बाट हरी प्रसाद नेपालको कार्यकालमा २०७४ असोजमा  निर्वाचन क्षेत्र पुनरसंरचना भएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.