अर्घाखाँचीमा नमूना मतदान
सन्धिखर्क: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमूना मतदान गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको आयोजनामा पाणिनी गाउँपालिका-८, पालीस्थित बाबुराम प्राविमा मंगलबार नमूना मतदान गरिएको हो।
निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो।
मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमूना मतदान गरिएको बताए।
मत बदर नहोस भनि सिकाइका रूपमा नमूना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !