तनहुँमा निर्वाचन बिथोल्ने तयारीमा रहेको गिरोह प्रहरी नियन्त्रणमा

तनहुँमा निर्वाचन बिथोल्ने तयारीमा रहेको गिरोह प्रहरी नियन्त्रणमा

तनहुँ : निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न गिरोहहरु सल्बलाउन थालेका छन् । 

निर्वाचन बिथोल्ने गरी मतदाताहरुमा त्रास फैलाउने र विभिन्न भ्रम छर्ने उद्देश्यले गिहरोहरु सक्रिय हुन थालेको पाइएको हो। गत कार्तिक १३ गते तनहुँको बन्दिपुर गाउँपालिका १ बाट निर्वाचन बिल्ने गरी योजना बनाइरहेको अबस्थामा प्रहरीले पाँचजनाको समूहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अमृत सापकोटा (गौरव), भवनबहादुर उपरकोटी (सागर), गमबहादुर पौडेल, विजयराज पौडेल र उपबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुको साथबाट साढे दुई किलो बारुद्ध र निर्वाचन विरुद्धका पर्चाहरु बरामद गरिएको छ । 

पर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको प्रहरीले जनाएको छ । फेला परेका पर्चामा निर्वाचन बहिष्कार गरौं, बक्स बमहरु राखौं, उम्मेदवारलाई गाउँ छिर्न नदिउलगायतका निर्वाचन विरुद्धका नाराहरु उल्लेख गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

उनका अनुसार पक्राउ परेका गौरव पार्टीको गण्डकी प्रदेश संयोजक र सागर प्रदेश ब्युरो इन्चार्ज रहेको खुलेको छ । ‘यो घट्नापछि निर्वाचन लक्षित अन्य गतिविधि पनि हुनसक्ने भएकाले निगरानी बढाइएको छ,' उनले भने ‘हामीले थप अनुसन्धान गरिरहेका छौँ ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.