बैतडीमा जात्राको रौनक, ३ स्थानीयतहमा सार्वजनिक बिदा

बैतडीमा जात्राको रौनक, ३ स्थानीयतहमा सार्वजनिक बिदा

बैतडी: सुदूरपश्चिमका पहाडी जिल्लामा यतिबेला जात्राको रौनक छ । बैतडीका विभिन्न धार्मिक शक्तिपीठहरुमा जात्रा जारी छ । दशैँ तथा तिहारजस्ता ठुला चाड सकिएसँगै यहाँ जात्राको रौनक छाएको हो ।
  
सोमबार र मंगलबार मलौली नगरपालिका १ स्थित जिल्लाकै प्रशिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा बलीसहितको भव्य मेला लाग्दैछ । जात्रामा बैतडीसहित भारतबाटसमेत दर्शनार्थीहरु आउने गरेका छन्।

 
जिल्लाको दशरथचन्द नगरपालिका जगन्नाथ मन्दिरमा मंगलबार जात्रा लाग्दैछ । त्यसैगरी सुर्नया गाउँपालिका ५ को प्रसिद्ध धार्मिक शक्तिपीठ फाल्ङाशैन मन्दिरमा मंगलबार बलीसहितको भव्य मेला लाग्दै छ । सोमबार राति रतेडी मेला लाग्नेछ । सुर्नया गाउँपालिका लगायत बैतडीका विभिन्न क्षेत्रबाट स्थानीयहरु मेला भर्न आउने गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अमर कुवँरले बताए । 

देशभरकै उत्कृष्ठ सय गन्तब्य मध्येको बैतडीको दशरथचन्द नगरपालिका ८ को त्रिपुरासुन्दरी मन्दिरमा पनि अष्टमी र नवमीमा जात्रा लागेको थियो । दुई दिन लागेको जात्रामा १६० भन्दा बढी पशुहरुको बली दिइएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले जानकारी दिइन् ।
 
तीन स्थानीय तहमा सार्वजनिक बिदा 
जात्राकै अवसरमा यहाका तीन स्थानीय तहहरुमा सार्वजनिक बिदा दिइएको छ । मेलौली नगरपालिकाले सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द नगरपालिका,  सुर्नया गाउँपालिकामा मंगलरबार सार्वजनिक बिदा दिएको हो । 

यसैगरी मन्दिरमा लाग्ने मेलालाई भव्य तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.