स्वतन्त्र उम्मेदवार कृष्णको दावी: गठबन्धनका रामकृष्ण र एमालेका रघुवीरलाई जित्छु

स्वतन्त्र उम्मेदवार कृष्णको दावी: गठबन्धनका रामकृष्ण र एमालेका रघुवीरलाई जित्छु

जनकपुरधाम: देशभर चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् । 

धनुषा-४ का उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री रामकृष्ण यादव, नेकपा एमालेका सचिव रघुवीर महासेठ, समाजवादी पार्टीका महाजन यादवसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् । 

चर्चा कमाएका राजनीतिक दलका उम्मेदवार भए पनि जनताको अपेक्षा अनुसार काम नभएकाले अहिले स्वतन्त्रबाट उम्मेदवारी दिएको दावी गर्छन कृष्ण महतो । उनी कलाकार हुन् । गरिबी, अभाव र जनताको पीडा बुझेको प्रतिनिधि बन्ने प्रयासमा रहेको भन्दै उनले अब जनताको साथले विजयी बन्ने दावी गरेका छन् । 

जनतासँग घरदैलो अभियानमा जुटेका उनले आफूले सत्तागठबन्धन र अन्य राजनीतिक दलबाट उठेका उम्मेदवारलाई जित्ने बताएका छन् । 

नाटक तथा विभिन्न टेलिभिजनका कार्यक्रममा अभियान गरेका कृष्ण दलगत उम्मेदवारको विकल्प हुने सरोजकुमार महतो बताउँछन् । धनुषाको बटेश्वरका विजय सिंहले फरक चुनावी शैलीले कृष्णलाई विकल्प बुझ्न सकिने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.