महँगीको मार अझै उस्तै

महँगीको मार अझै उस्तै

काठमाडौं : विश्वभरको महँगी तत्काल नियन्त्रणमा नआउने देखिएको छ। अधिकांश मुलुकमा पोहोरभन्दा मुद्रास्फीति बढेको तथ्यांकले देखाएको छ। यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको छ। यो लामो समयसम्म रहने अर्थविद् बताउँछन्।  

‘ट्रेडिङ इकोनोमिक्स डट कम’ले सार्वजनिक गरेको अक्टोबरसम्मको तथ्यांक हेर्दा इटली, टर्की, काजस्थान, पाकिस्तान, लाओसजस्ता मुलुकको मुद्रास्फीति उच्च छ। पोहोर अक्टोवरमा इटलीको मुद्रास्फीति ८.९ मात्रै थियो। सन् २०२२ अक्टोबरमा ११.९ प्रतिशत भएको छ। यसैगरी  टर्कीको मुद्रास्फीति ८५.५१ प्रतिशत पुगेको छ। 

पोहोर ८३.४५ प्रतिशत थियो। नेपालको मुद्रास्फीति एक वर्षमा दोब्बर बढेको छ। पोहोर असोजसम्म ४.२४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति  बढेर अहिले ८ प्रतिशत हाराहारी पुगेको राष्ट्र बैंकले जनाएको छ। रूस र युक्रेन युद्धले विश्वकै अर्थतन्त्र थला परेको अर्थविद् डा. डिल्लीराज खनालले बताए। खासगरी इनर्जी क्राइसेस, खाद्यान्न क्राइसेस र आपूर्ति चेन बिग्रिनेजस्ता समस्या देखिएका छन्।

अर्थविद् डा. खनाल भन्छन्, ‘यसै पनि कोभिडका कारण मुद्रास्फीतिको दबाब बढिरहेका बेला कोभिडपछिको पुनर्उत्थान हुन नपाउँदै रूस युक्रेन युद्धले अर्थतन्त्र उकास्न खलल पुगेकाले अधिकांश मुलुकमा मुद्रास्फीति  बढेको हो।’ नेपालमा पनि गत वर्ष कर्जा प्रवाह आक्रामक तवरले बढाइयो। ‘हाम्रो नीतिमै आपूर्तिलाई राम्रो बनाउने, कृत्रिम मूल्य बढाउनेलाई कडाइ नगर्ने भयो। माग पक्षलाई मात्र हेरियो’, उनले भने । यसर्थ मागसँगै आपूर्ति पक्षलाई पनि सन्तुलन बनाएर लैजान जरुरी भएको उनको सुझाव छ।

  •     रूस र युक्रेन युद्धले विश्वकै अर्थतन्त्र थला परेको अर्थविद्को भनाइ
  •     इटली, टर्की, काजस्थान, पाकिस्तान र लाओसको मुद्रास्फीति उच्च 

केही समय मुद्रास्फीति दबाबमै रहन सक्ने राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ बताउँछन्। पेट्रोलियमको मूल्य उच्च रहेको र रसियन–युक्रेन युद्ध कायम भएकाले मुद्रास्फीति बढ्ने उनको भनाइ छ। 

यस्तो विश्वव्यापी असरका कारण नेपालमा पनि उपभोक्ता मुद्रास्फीति  साढे ८ प्रतिशतकै हाराहारीमा रहेको उनले जानकारी दिए। ‘पछिल्लो समय डलर बलियो हुँदा नेपाली मुद्रा अवमूल्यन भएकाले, आयातको लागत, पेट्रोलियम मूल्य उच्च नै रहेकाले नेपालको मूल्यवृद्धि दबाब उच्च नै हुन सक्ने देखिन्छ’, कार्यकारी निर्देशक डा.श्रेष्ठले अन्नपूर्णसँग भने । राष्ट्र बैंकले २०७९÷८० मा मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ। तर चालू आव सुरु भएको ३ महिनासम्ममा भने सीमाभन्दा अधिक हुँदै आएको छ। सीमाभित्र रहन चुनौती रहेको केन्द्रीय बैंकको एक अध्ययनले निचोड पनि निकालेको थियो। उक्त सर्वेक्षणले मुद्रास्फीति दोहोरो अंकमा बढ्ने देखाएको थियो। 

नेपालले ६० प्रतिशतभन्दा बढी वस्तु तथा सेवा आयातमै भर पर्नुपर्ने भएकाले मूल्यवृद्धि अन्तर्राष्ट्रिय रूपमै निर्भर हुन्छ। २०७९ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.