उम्मेदवारलाई मालै माला

उम्मेदवारलाई मालै माला

जाजरकोट : झट्ट हेर्दा यी तस्बिरका व्यक्ति निर्वाचनमा विजेता हुन् कि जस्तो लाग्नसक्छ। नझुक्किनुहोला, जाजरकोटमा दलका कार्यकर्ताबीच आफ्ना उम्मेदवारलाई सयपत्री फूलका मालाले यसरी मुहारै ढाक्ने होड चलेको छ। सामाजिक सञ्जालमा पनि आफ्नो पक्षमा धेरै जनता देखाउन र स्थानीय मतदाताले भब्य स्वागत गरेको देखाउन कार्यकर्ताले गाउँघरमा जताततै निःशुल्क पाइने सयपत्री फूलका माला उनेर उम्मेदवारलाई लगाउने होडबाजी नै चलेको वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

‘जनताले भन्दा कार्यकर्ताले माहोल देखाउन धेरै माला लगाइदिने गरेका छन्’ उनले भने, ‘चुनाव नजित्दै गलाभरि माला लगाएका नेता सामाजिक सञ्जालमा छाउँदा र गाउँमा हुने कार्यक्रममा माला र अविरावरण गर्दा साँच्चिकै चुनावको रौनक बढेको देखिन्छ, यो लोकतन्त्रका लागि निकै सुखद् कुरा हो।’ नेतालाई अरुबेला जतिसुकै गाली गरे पनि गाउँमा आएको बेला स्वागत गर्नु, उम्मेदवारका कुरा सुन्नु र आफ्ना गुनासा राख्नु राम्रो संस्कारका रूपमा लिनुपर्ने उनको भनाइ छ।

चुनावले गाउँघरमा निकै चहलपहल बढेको छ। साँचिकै पर्व आएको जस्तो अनुभूति भएको छेडागाड नगरपालिका–२ का दीपक बुढाले बताए। कतै उम्मेदवारहरू स्थानीयसँगै नाचेर मन जित्ने प्रयास गरिरहेका छन् भने कतै समृद्धि र विकासका आश्वासन दिएर मत मागिरहेका छन्। यसअघि पैदलै हिँड्नुपर्ने नेताहरू गाउँगाउँमा गाडी पुगेका कारण प्रचारमा निकै सहजता भएको छ। प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको जाजरकोटमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र एमालेका निरज आचार्यबीच नै मुख्य प्रतिस्पर्धा छ।

स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले पनि दुवै उम्मेदवारलाई टक्कर दिइरहेका छन्। त्यस्तै प्रदेशसभाको (क) मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका वेदराज सिंह र एमालेका डम्बर सिंहबीच नै मुख्य प्रतिस्पर्धा छ। यस्तै प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजीवविक्रम शाह र एमालेका खिमबहादुर शाहीबीच नै प्रतिस्पर्धा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.