मुगुमा १२ बजेसम्म २८ प्रतिशत मतदान

मुगुमा १२ बजेसम्म २८ प्रतिशत मतदान

मुगु : बिहान ७ बजेबाट सुरु भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निवार्चनमा मुगुमा दिउँसो १२ बजेसम्म २८ प्रतिशत मत खसेको छ।

  
जिल्लाका चारवटै स्थानीय तहका ६४ मतदान स्थल र ६६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मध्याहान्न १२ बजेसम्म २८ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए। 
  
मुगुमा ३५ हजार ४ सय ८५ मतदाता रहेका छन्। मध्यान्न १२ बजेसम्म २८ प्रतिशत  मतदान भएको छ। पाँच बजे्सम्म ५६ देखि ६० प्रतिशत मत खस्ने अनुमान गरिएको  प्रनाउ हमालले बताए।
 
अपाङ्गदेखि वृद्धवृद्धा मतदानमा सहभागी

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले निर्वाचन भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन्। खत्याड गाँउपालिकाका ६ मतदान केन्द्रमा शंकासपद वस्तु भेटाएको भएपनि उक्त शंकास्पद वस्तुलाई सेनाले डिस्पोज गरिसकेको छ।
  
सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएपछि वृद्धवृद्धादेखि आपाङ्गता भएका व्यक्तिहरुले  मतदानमा सहभागी भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द्र आर्चायाले बताए।
 
छाँयानाथ रारा नगरपालिका—५ स्थित श्री नेपाल राष्ट्रिय  आधारभूत विद्यालयमा ९२ वर्षीया पार्वती रोकायालाई नाति दिपक रोकायले बोकेरै मतदान केन्द्रमा पुर्याए। मतदान केन्द्रमा पुगेकी ९२ वर्षीया पार्वतीले मतदान केन्द्रको (क)मा मतदान गरेकी हुन्। सोही वडाका ९६ वर्षीय सुर्प बुढाले सोही मतदान केन्द्रको (ख)मा मतदान गरे।  

भाइको साहारमा सोही वडाकी ३६ वर्षीया अपाङ्गता भाउ विकले मतदान गरिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.