गृहमन्त्री खाँणको क्षेत्रमा मतगणना सुरु

गृहमन्त्री खाँणको क्षेत्रमा मतगणना सुरु

भैरहवा : रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवा नमुना उच्च माध्यमिक विद्यालयमा दिउँसो २ बजेदेखि गणना सुरु भएको हो । 

क्षेत्रको मायादेवी वडा नम्बर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए । उनका अनुसार रुपन्देही ३ प्रतिनिधि सभा र ३(१) प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको गणना सुरु भएको हो ।रुपन्देही-३ बाट प्रतिनिधिसभामा ५ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव गृहमन्त्री बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरासहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

रुपन्देही-३ मा ४६ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र छन् । १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा यस क्षेत्रमा ९२ हजार ९ सय ७२ (७० दशमलव ५) मतदान भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.