तनहुँ-१ मा रामचन्द्रलाई एमालेका एकबहादुरले उछिने
![तनहुँ-१ मा रामचन्द्रलाई एमालेका एकबहादुरले उछिने](https://annapurnapost.prixacdn.net/media/albums/ramchandra-_20221122152653_NB1KjTdvGf.jpg)
तनहुँ : क्षेत्र नं १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् । दिउँसो ३ बजे सार्वजनिक ९७५६ मत गणनाअनुसार पौडेल एमालेका एकबहादुर राना भन्दा १३२ मत पछाडि परेका हुन् ।
प्रारम्भिक चरणदेखि अग्रता लिएका पौडेल अहिले पछाडि परेका हुन् । एकबहादुरले ३३४२ र पौडेलले ३२१० मत ल्याएका छन् । यो क्षेत्रमा ६६ हजार ९६५ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)