तनहुँ- २ प्रदेश सभा (ख) मा कांग्रेसका आले निर्वाचित

तनहुँ- २ प्रदेश सभा (ख) मा कांग्रेसका आले निर्वाचित

तनहुँ : तनहुँ क्षेत्र नं २ प्रदेश सभा ख मा कांग्रेसका जित प्रकाश आले निर्वाचित भएका छन्। आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार आलेले एमालेका केदार सिग्देललाई ६४० मतान्तरले पराजित गरेका हुन्। 

कुल २९ हजार ८९८ मतमा सिग्देलले १३ हजार २२० मत पाएका छन् भने आलेलाई १३ हजार ८६० मत आएको छ। २०७४ सालको निर्वाचनमा सिग्देल यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा शंकर भण्डारीलाई पराजित गरी निर्वाचित भएका थिए। 

अन्तिम मत परिणाम अनुसार राप्रपाका श्यामकुमारी राइले ५६५, मंगोल नेशनल अर्गनाइजेशनका नमबहादुर रानाले  ५२०,  राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङले ३८४ मत पाएका छन्। उम्मेदवारी निष्क्रिय पारेको एकिकृत समाजवादीलाई ३६८ मत खसेको थियो भने ९८१ मत बदर भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.