तनहुँ २ प्रदेश (क) मा गठबन्धनलाई पराजित गर्दै एमालेका श्यामराजा महत विजयी

तनहुँ २ प्रदेश (क) मा गठबन्धनलाई पराजित गर्दै एमालेका श्यामराजा महत विजयी

तनहुँ : तनहुँ क्षेत्र नं २ प्रदेश सभा (क) मा नेकपा एमालेका श्यामराजा महत निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार मतहले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेलाई १७६६ मतान्तरले पराजित गरेका हुन् ।

कूल ३७ हजार ८२९ मत गणना गर्दा महतले १५ हजार ६६५ मत प्राप्त गरे भने न्यौपानेले  १३ हजार ८९९ मत पाएका थिए । २०७४ को निर्वाचनमा यस क्षेत्रमा वामगठबन्धनबाट माओवादी केन्द्रकी आशा कोइराला विजयी भएकी थिइन् ।

प्रदेश सभातर्फ राप्रपा रेशमराज अधिकारीले ४ हजार २२० मत पाए भने नेकपा एसले ५९१, जनमुक्ति पार्टीका नेत्रबहादुर थापाले  ५९०, मंगोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगरले ७१६, मौलिक जरोलिो पार्टीका टोलराज वाग्लेले ३९०, जनसमाजवादी पार्टी नेपालका रामबहादुर वि।कले १२४ मत प्राप्त गरेका छन् । कुल मतबाट १६३० मत बदर भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.