जाजरकोट प्रदेश 'क' मा काङ्ग्रेसका वेदराज सिंह विजयी
जाजरकोट : जाजरकोट प्रदेश सभा 'क' मा पनि नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन्। कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजीत गरेका हुन्।
कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए। कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए।
अहिले उनै सिंहको सहयोगमा उनी विजयी भएका छन्। यो क्षेत्रमा खसेको ३६ हजार ७०६ मतमध्ये गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका समाजवादीका कमान खड्काले ४ हजार ४४६ मत पाए।
प्रतिक्रिया दिनुहोस !