जाजरकोटमा शक्ति बस्नेत अग्रता बढाउँदै

जाजरकोटमा शक्ति बस्नेत अग्रता बढाउँदै

जाजरकोट : प्रतिनिधिसभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन्। 

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले पाँच हजार ६ सय १४ मतले अग्रता लिएका छन्। उनले १८ हजार एक सय ७५ मत पाएका छन्। एमालेमा निरज आचार्यले १२ हजार नौ सय ६१ मतका साथ पछ्याइरहेका छन्। 

अहिलेसम्म ३३ हजार आठ सय ८६ मत गणना भएको छ। जाजरकोटमा ६५ हजार ९ सय ६१ मत खसेको छ। प्रदेशसभा सदस्यमा दुई सिटमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वेदराज सिंह र राजिवविक्रम शाह विजयी भैसकेका छन्।

प्रदेशको मतगणना सकिए लगत्तै तीन ठाँउबाट मतगणना भइरहेकाले आज राति मतगणना सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.