डडेल्धुरा प्रदेश सभा (क) मा माओवादीका भट्ट विजयी

डडेल्धुरा प्रदेश सभा (क) मा माओवादीका भट्ट विजयी

डडेल्धुरा: डडेल्धुरा प्रदेशसभा (१) मा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार ११२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् । 

उनले सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयका पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतले पराजित गरेका छन् । बोहराले ९ हजार १९५ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उमेदवार महेशसिंह धामीले १ हजार ७५४, राप्रपाका पदमराज जोशीले ७६२ मत पाएका छन् । २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भएको छ ।

भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार पनि हुन् । विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले भट्ट लाई निर्वाचित भए मुख्यमन्त्री बन्ने बताउदै आएका थिए ।

भट्ट ०६४, ०७० र ०७४ सालमा संघीय निर्वाचन लडेका थिए । तीनवटै निर्वाचनमा उनी कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग पराजित भएका थिए । यसपटक गठबन्धनका कारण भट्टलाई कांग्रेसको पनि साथ रहेको थियो ।

भने प्रदेश सभा (ख) मा भने स्वतन्त्र उमेदवार डा तारा जोशी अगाडी रहेका छन् । उनले गठवन्धन वाट उमेदवार रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पछाडी पारेका छन् । डा जोशीका दश हजार ५०० मत आउदा बोहराको भने नौ हजार ८८१ मत आएको छ । वोहरा जोशीभन्दा ६६८ मतले पछाडी परेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.