धनुषा ३ (ख) बाट एमालेका दिपेन्द्र ठाकुर निर्वाचित
जनकपुरधाम : धनुषा ३ बाट नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ (ख) बाट नेकपा एमालेका दिपेन्द्र कुमार ठाकुर प्रदेशसभा सदस्यमा १ हजार ४ सय ३ मतान्तरले निर्वाचित भएका छन्।
लोकतान्त्रिक समाजावदी पार्टीका नेपालका उम्मेदवार परमेश्वर साहलाई १ हजार ४सय ३ मतको मतान्तरले पराजित गर्दै ठाकुर निर्वाचित भएका हुन्। ठाकुरले ८ हजार २ सय २० मत ल्याउँदा निकटत्तम प्रतिद्वन्द्वी साहले ६ हजार ८ सय १७ मत ल्याएर पराजय व्यहोर्नु परेको छ।
जनमत पार्टीका रामबाबु साह कलवारले ३ हजार ६ सय ५, तराई मधेश लोकतान्त्रिक पार्टीका असगर अली राइनले ३ हजार २ सय ११ र स्वतन्त्र उम्मेदवार हरिशंकर साहले २ हजार ९ सय ९८ मत ल्याए।
यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचत भएका थिए।
प्रतिक्रिया दिनुहोस !