फ्रान्ससामु निडर डेनमार्क

फ्रान्ससामु निडर डेनमार्क

दोहा : विश्वकपको साविक विजेता फ्रान्स अत्याधिक आक्रामक टोलीमध्ये एक हो। तर, डेनमार्कका डिफेन्डर एन्ड्रेस क्रिस्टियनसेनले डिडियर डेसच्याम्प्सको टोलीको सामना गर्दा चिन्ताभन्दा बढी उत्साह बोकेका छन्। 

फ्रान्सले चोटकै कारण एन’गोलो कान्टे, पल पोग्बा र क्रिस्टोफर एनकुन्कुलाई गुमाउनु परेको थियो। रुसमा चार वर्षअघि दोस्रो पटक विश्व विजेता बनेको फ्रान्सका लागि सबैभन्दा ठूलो चोट त्यति बेला पर्‍यो, जब बालन डी’अर विजेता करिम बेन्जमाले पनि चोटकै कारण प्रतियोगिताबाट पछि हट्नु पर्‍यो। यसका बाबजुद फ्रान्ससँग अझै पनि आक्रमणकारी टिम छ। समूह ‘डी’को पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलले पराजित गर्दा त्यसको परीक्षण पनि भइसकेको छ।

फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान थिएरी अनरीसँग बराबरी गर्न ओलिभर जिरुडले दुई गोल गरेका थिए। उनलाई युवा फरवार्ड काइलिन एमबाप्पे र एड्रियन राबियोले पनि साथ दिएका थिए। अस्ट्रेलियाविरुद्धको खेलमा एन्टोइन ग्रिजम्यान र ओसुमान डेम्बेले पनि प्रभावशाली देखिएका थिए। पहिलो खेलमा ट्युनिसियाविरुद्ध गोलरहित बराबरीमा रोकिएको डेनमार्कको जारी विश्वकप यात्रा कति अगाडि बढ्छ भन्ने निर्धारण पनि यही खेलले गर्नेछ।

फ्रान्सका दुई अट्याकर जिरुड र डेम्बेले राम्रो लयमा भए पनि क्रिस्टियनसेन भने फ्रान्सप्रति डराउनु पर्ने कुनै कारण नभएको बताउँछन्। उनले जिरुडसँग चेल्सीमा सँगै खेलेका थिए भने डेम्बेलेसँग अहिले बार्सिलोनामा सँगै व्यावसायिक फुटबल खेलिरहेका छन्।

‘डर राम्रो शब्द हो कि होइन मलाई थाहा छैन’, उनी भन्छन्, ‘तर, फ्रान्ससँग खेल्दा हामी निडर भएर खेल्छौं। डर भन्ने शब्द हामीमा लागु हुँदैन।’ उनी फ्रान्ससँग सदाबहार र उत्कृष्ट खेलाडी भए पनि उनीहरू बारे आफूहरू जानकार रहेको बताए। फ्रेन्च टिम सदाबहार छ। उनीहरूसँग उत्कृष्ट खेलाडी पनि छन्’, क्रिस्टियनसेन भन्छन्, ‘हामी उनीहरूका खेलाडीका बारेमा जानकार छौं। त्यही अनुरुप रणनीति बनाउँछौं।’

अस्ट्रेलियाविरुद्धको जितसँगै सन् २००६ पछि विश्वकपको पहिलो खेल जित्ने पहिलो साविक विजेता फ्रान्स बनेको थियो। हालसम्म चार साविक विजेताले मात्रै सुरुवाती दुई खेलमा जित निकाल्न सकेका छन्। फ्रान्सले विश्वकपका पछिल्ला पाँच खेलमा जित निकालेको छ। हालसम्म विश्वकपका लगातार ६ खेलमा जित निकाल्ने एउटा मात्र टिम स्पेन हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.