...अनि सांसद बने सिंह

...अनि सांसद बने सिंह

 जाजरकोट : नेपाली कांग्रेस जाजरकोटका सभापति वेदराज सिंह कर्णाली प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन्। सिंह जाजरकोट क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन्। जिल्लाको बारेकोट गाँउपालिका ९ सेपुखोलामा जन्मिएका ४२ वर्षिय सिंहका बुबा लालभक्त उनलाई हाकिम बनाउन चाहन्थे। लालभक्त मालपोत कार्यालयका रिटायर्ड खरिदार हुन्। आफू निजामति कर्मचारी भएका कारण छोरालाई पनि निजामतीमा प्रवेश गराएर हाकिम बनाउने सोच बनाएका थिए तर छोरा वेदराज विद्यार्थी कालदेखि नै राजनीतिमा होमिए र अहिले सांसद बने।

‘छोरो निजामती सेवातर्फ प्रवेश नगरे पनि राजनीतिमार्फत देशको जिल्लाको सेवा गर्ने स्थानमा पुग्यो। खुसी लागेको छ। इमान्दारितापूर्वक जनताको सेवामा काम गर्नु। लोभ लालच नगर्नु’, बुवा लालभक्तले भने, ‘हामी सामान्य परिवारका मान्छे हौं। दुःख के हो अभाव के हो त्यो कुरा हामीलाई राम्रो सँग अनुभूति छ। त्यही सम्झेर जनताको हित र जिल्लाको समृद्धिमा काम गर्नु शुभकामना छ।’ नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष, पार्टीको क्षेत्रीय सभापति, जिल्ला सहसचिव हुँदै गत वर्ष पार्टी सभापति हुने अवसर पाएका उनले जिल्लाको विकासका लागि आफूले काम गर्ने बताए।

सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतको अन्तरले विजयी भएका हुन्। वेदराजले १८ हजार ५४३ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकतटम् प्रतिद्वन्द्वी एमालेका डम्बरले ११ हजार ४७० मत प्राप्त गरेका छन्। 

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधिसभा र कांग्रेसको भागमा प्रदेशका दुवै सिट परेपछि जाजरकोटमा २८ वर्षपछि कांग्रेसले जित निकालेको छ। यस अघि दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटमा २०४८ र २०५१ सालमा कांग्रेसले जितेको थियो। २०४८ सालमा द्वारिकाप्रसाद प्रधान र २०५१ सालमा झलकनाथ वाग्लेले जित निकालेको क्षेत्र नम्बर १ अहिले प्रदेश सभाको क्षेत्र नम्बर १ भएको छ। २०५६ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्दविक्रम शाह विजयी भएका थिए। 

२०६४ सालमादेखि माओवादी केन्द्रले उक्त क्षेत्र जित्दै आएको थियो। २०६४ सालमा माओवादी केन्द्रका कालीबहादुर मल्ल र २०७० सालमा माओवादी केन्द्रकै शक्तिबहादुर बस्नेतले जितेका थिए। नयाँ संविधान अनुसार 
पुनर्संरचना भएपछि प्रतिनिधिसभामा जाजरकोट १ निर्वाचन क्षेत्रमा सिमित भएको छ। प्रदेशसभामा भने दुई निर्वाचन क्षेत्र छन्। 

पहिलेको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ अहिलेको प्रदेश सभा क्षेत्र नम्बर १ भएको छ। २०७४ सालको निर्वाचनमा वामगठबन्धनका तर्फबाट माओवादीका गणेशप्रसाद सिंह विजयी भएका थिए। २०७४ सालको निर्वाचनमा गणेशप्रसादसँग पराजित भएका वेदराज यसपटक भने उनकै सहयोगमा निर्वाचित भएका हुन्। नेता सिंहले आफूलाई भरोसा गरेर विजयी गराएकोमा मतदातालाई धन्यवाद दिँदै जनमतको कदर गर्दै इमान्दारीपूर्वक काम गर्ने बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.