जहाज ढिलो हुँदा विमानस्थलमा तोडफोड

जहाज ढिलो हुँदा विमानस्थलमा तोडफोड

विराटनगर : विराटनगर विमानस्थलमा सोमबार राति तोडफोड भएको छ। जहाज ढिलो हुँदा गन्तव्यमा पुग्न समस्या भएको भन्दै आक्रोशित बनेका यात्रुले तोडफोड गरेका हुन्। 

श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जानलाई ७६ जना यात्रु तयारी अवस्थामा थिए। उनीहरुलाई साँझ ७:३० बजेको उडान समय दिइएको थियो। लगभग १ घण्टाअघि नै यात्रुहरु विमानस्थलल पुगेका थिए। तर ३ घण्टासम्म विमानस्थलमै प्रतीक्षा गर्नु परेको र समयमै उडान नभएको भनेर आक्रोशित बनेका यात्रु तोडफोडमा उत्रिएका हुन्। 

साँझ ७:३० बजेको उडान समय दिइएको भए पनि जहाज ८:४५ बजेतिर मात्रै आइपुग्यो। अवतरण गर्नेवित्तिकै प्राविधिक समस्या देखिएको भनेर उक्त जहाज विराटनगर विमानस्थलमै रोकिनुपर्ने अवस्था आएको जानकारी श्री एयरलाइन्सले यात्रुलाई गरायो। यात्रु लिन आएको जहाज काठमाडौं फर्कन नसक्ने भनेर अर्को जहाज आउँदै गरेको जानकारी माइकिङमार्फत गराइयो। 

विमानस्थल प्रमुख रेन्जी शेर्पाले अर्को जहाज आइपुग्न केही समय लागेपछि गन्तव्यमा पुग्न ढिलो भएको भन्दै यात्रु तोडफोडमा उत्रिएको जानकारी दिए। उनका अनुसार राति ९:३० बजेतिर यात्रुले तोडफोड गर्दा प्रस्थान कक्षको सिसा फुटेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। 

काठमाडौंबाट केहीबेरमै आइपुगेको अर्को जहाजले यात्रु लिएर गएपछि अवस्था साम्य भएको शेर्पाको भनाइ छ। उनका अनुसार काठमाडौंको मौसम ढिलो खुलेकाले सोमबार बिहानैदेखि उडानमा ढिलाइ भइरहेको थियो। तोडफोडबाट विमानस्थलमा सामान्य क्षति पुगेको शेर्पाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.