‘एक मतपत्रमा ८ ठाउँमा छाप’

‘एक मतपत्रमा ८ ठाउँमा छाप’

बैतडी: बैतडीमा १९ हजार बढी मत बदर भएको पाइएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १९ हजार २७१ मत बदर गएको हो । 

प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा गरी १९ हजार २७१ मत बदर खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ मात्रै ८ हजार ७९५ मत बदर भएका सहायक निर्वाचन अधिकृत तिर्थराज आर्चायले जानकारी दिए । प्रतिनिधि सभातर्फ ७७ हजार ४६० मत खसेको थियो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४ हजार ९६२ मत बदर भएका छन् । प्रतिनिधि सभातर्फ खसेको मत मध्ये ७२ हजार ४९८ मत सदर भएका हुन् ।

प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र जिल्लामा प्रदेश सभाको प्रत्यक्षतर्फ ३ हजार ८३३ मत बदर भएका छन् । प्रदेश सभा (क) मा ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भएका छन् । प्रदेश सभा (क)मा ३८ हजार १४२ मत सदर भएका छन् ।

यस्तै प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ १ हजार ८२० मत बदर भएका छन् । ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएको साहयक निर्वाचन अधिकृत तिर्थराज आर्चायले बताए । यहाँ ३५ हजार ४६० मत सदर भएका छन् ।

यसैगरी प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक तर्फको बदर मतको संख्या बढी छ । 
प्रतिनिधि सभा समानुपातिक तर्फ ७७ हजार ७६१ मत खसेकोमा ७२ हजार ३४० मत सदर भएका छन् भने ५ हजार ४२१ मत बदर भएका छन् । प्रदेश सभा सदस्य समानुपातिक तर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै ५ हजार ५५ मत बदर भएका छन् ।

‘एउटै मतपत्रमा दुईदेखि तीन ठाउँमा छाप लगाइएको पाइएको छ, सहायक मुख्य निर्वाचन अधिकृत तिर्थराज आचार्यले भने, गठबन्धन भएका काणले पनि होला, मतपत्रको तीन ठाउँमा छाप लगाएको पाइएको छ ।’

राजनीतिक दलहरुकै कारण मत बदर गएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयालको जिकिर छ । ‘कहि गठबन्धन भयो, सबैले मत मागे, मतदाताले दिइहाले, कुनै मत पत्रमा त लहरै लाईन लगाएर पनि मत खसालेको देखियो’ उनले भने । 

मतदाताहरुले स्वस्तीक छाप लगाउन गल्ति नगरेको फुयालको भनाइ छ । ‘स्वस्तीक छापले लाईन छोएको देखिएइन, दुई वा दुईभन्दा बढी चिन्हमा स्वस्तीक छाप लगाएको देखियो’ उनले भने ।

दलहरुकै कारण यस्तो भएको उनको जिकिर छ । ‘म मतगणना स्थलमा दुई दिन दुई रात बसे, समानुपापतिक तर्फको मतपत्रमा ८ ठाउँमा समेत मत हालेको पाइयो,’ प्रमुख फुयालले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.