अब प्रचण्डकै नेतृत्वको सरकार बनाउने पहल हुन्छ: देव गुरुङ (भिडियो वार्ता)

अब प्रचण्डकै नेतृत्वको सरकार बनाउने पहल हुन्छ: देव गुरुङ (भिडियो वार्ता)

काठमाडौं: निर्वाचनबाट प्राप्त जनमतले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । अब बन्ने सरकारका विषयमा निर्वाचनमा एक भएर होमिएको बाम लोकतान्त्रिक गठबन्धन र एमाले औपचारिक तथा अनौपचारिक गृहकार्यमा छन् । अझै केही ठाउँको चुनावी परिणाम र समानुपातिक मत परिणाम आउन बाँकी छ । 

मत परिणाम सार्वजनिक भइनसकि नै कसको नेतृत्वमा सरकार भन्ने विषय राजनीतिक वृत्तमा पेचिलो बन्दैछ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले गरेको संकेतले पनि सत्ता समीकरण पेचिलो बन्दै गएको देखिन्छ । 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै नेता गुरुङले ओलीले गल्ती महसुस गरे कांग्रेसबाहेकको गठबन्धन बन्ने बताएका छन् । 

सुकुम्बासीमाथिको ज्यादतीविरूद्ध गम्भीर ध्यानाकर्षण भएको बताएका गुरुङले विकल्पबिना धरपकड गर्न नहुने बताएका छन् । माओवादीका एजेन्डा नै देशमा लागू भइरहेकाले अब माओवादीकै नेतृत्वमा सरकार बन्ने दावी गर्दै गुरुङले सरकारको नेतृत्व प्रचण्डकै हुनुपर्ने बताए । 

गुरुङसँगको कुराकानीको भिडियो हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.