महानगरले सुकुम्बासीमाथि ज्यादती गर्‍यो: राष्ट्रिय भूमि आयोग (भिडियो वार्ता)

महानगरले सुकुम्बासीमाथि ज्यादती गर्‍यो: राष्ट्रिय भूमि आयोग (भिडियो वार्ता)

काठमाडौं: काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा भएको झडपपछि बस्तीका बासिन्दा लगातार प्रदर्शनमा छन् भने सरोकारवालाले महानगरले ज्यादती गरेको आरोप लगाउन थालेका छन् । 

राष्ट्रिय भूमि आयोगले पनि महानगरले सुकुम्बासी माथि ज्यादती गरेको आरोप लगाएको छ । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले महानगरका मेयर बालेन्द्र साह(बालेन)लाई दम्भ नदेखाउन चेतावनी पनि दिएका छन् । 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै खड्काले आयोगसँग गत भदौ ९ गते गरेको सम्झौताअनुसार महानगरले सुकुम्बासी पहिचानका लागि लगत संकलनलगायतका काम नगरेको र आयोगको काममा नै 'भाजो' हालेको बताए  ।

नदी र नेवाः सभ्यता १५ दिनमा नफर्कने भन्दै उनले केही समय कुरेर सुकुम्बासीको व्यवस्थापनमा सघाउन आग्रह गरे । अहिलेको अहिलै सुकुम्बासीसँग जाइलाग्दा काठमाडौँ स्वर्ग नबन्ने उनको तर्क छ । हेर्नुहोस् खड्कासँगको कुराकानी ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.