दोलखामा आज पुनः मतदान सुरु

दोलखामा आज पुनः मतदान सुरु

दोलखा : दोलखाका चार मतदान केन्द्रमा बिहीबार पुनः मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

यी मतदान केन्द्रअन्तर्गत १० वटा बुथ छन्। ती बुथमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र आवश्यक कर्मचारी गरी ८० जना खटाइएको छ। जहाँ ८ हजार ५ सय १४ जना मतदाता छन्। मतदानलाई शान्तिपूर्ण बनाउन र सबै मतदातालाई निर्भयपूर्वक मतदान गर्ने वातावरण बनाउन ४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए।

एमाले दोलखाले गठबन्धन दलले जिल्लाका ८ मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोपसहित मंसिर ४ गते साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो। त्यसपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली दोलखा पठाएको थियो। 

उक्त टोलीले प्रतिवेदन दिएपछि आयोगले मंसिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय १५ गतेभित्र बैतेश्वर–२ को जनज्योति मावि मतदान केन्द्रका क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग तीन, वडा नम्बर ६ बैतेश्वर मावि मतदान केन्द्रका क, ख र ग तथा तामाकोशी–३ स्थित हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० बुथमा पुनः मतदान गर्न निर्देशन दिएको थियो। 

आयोगको निर्देशनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मंसिर १२ गते बैठक बसी मंसिर १५ गते बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.