टरीगाउँ विमानस्थलमा इन्धन डिपो भरियो, जहाज आएन

टरीगाउँ विमानस्थलमा इन्धन डिपो भरियो, जहाज आएन

दाङ : दाङको टरीगाउँ विमानस्थलमा इन्धन डिपोको मुद्दाले धेरै चर्चा पायो। हवाई इन्धन विमानस्थलमा उपलब्ध नहुँदा हवाई सेवा नियमित नभएको र भाडा महँगो भएको भनियो। त्यसको समाधानको लागि सरोकारवालाहरूको पहलमा विमानस्थलमा इन्धन डिपो निर्माण भयो।

इन्धन डिपोको योजना सफल पनि भयो। विमानस्थलमा इन्धन डिपोको पूर्वाधार निर्माण भयो। अहिले जहाजसम्म इन्धन लैजाने बाउजर पनि तयारी अवस्थामा राखिएको छ। डिपोमा एक महिनाका लागि पुग्ने इन्धन स्टकसमेत गरिएको छ तर इन्धन प्रयोग गर्ने जहान टरीगाउँ विमानस्थलमा १५ दिन यतादेखि आएको छैन।

इन्धन डिपोबाट हवाई इन्धन सञ्चालन गर्न नेपाल आयल निगम नेपालगन्जको टिम केही दिनदेखि दाङमै बसिरहेको छ। कार्यालयका प्रमुखसहितको टोली र केन्द्रको नागरिक उड्डयनतर्फको सहायक प्रबन्धकसहितको टोली विमानस्थलमै छ तर नेपाल वायु सेवा निगमको जहाजले भने दाङमा १५ दिनदेखि सेवा नदिँदा इन्धन डिपोको इन्धन विमानस्थलसम्म पुर्‍याउने योजनामा रहेको निगमको टोलीले हवाई जहाजसम्म तेल पुर्‍याउन सकेको छैन।

जहाज मर्मत गर्नुपर्ने अवस्था आएको हुँदा सेवा केही दिनदेखि दिन नसकिएको नेपाल वायु सेवा निगमले बताएको छ। ‘यहाँ इन्धनको व्यवस्था भइसक्यो। जहाज आउँदैन,’ आयल निगमका एक कर्मचारीले भने, ‘जहाज आयो भने पो तेल दिने हो। हामी त जहाज कुरेका कुर्‍यै भएका छौं।’

गत वर्षको साउनदेखि निर्माण सुरु गरी इन्धन डिपोको लागि आवश्यक संरचना तयार गरिएको थियो। प्रारम्भिक परीक्षण गरेर पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेको निगमले एक सातादेखि प्रयास थाले पनि सफल भएको छैन।

नेपाल आयल निगमको नेपालगन्ज डिपो प्रमुख दुर्गा पछाईले हवाई इन्धन डिपोमा फुलफेज इन्धन रहेको बताइन्। ‘हामी पूर्ण रूपमा तयार भएर बसेका छौं। जहाज आएमा सहजै तेल भर्ने अवस्था छ। अहिले इन्धन डिपोमा ४१ हजार लिटर हवाई इन्धन स्टक छ। ३० हजार लिटर डिपोमा र ११ हजार बाउजरमा राखिएको छ’, उनले भनिन्, ‘अहिलेको उडान अनुसार एक महिनाभन्दा बढी समयका लागि इन्धन जगेडा हुन्छ।’ यसको नियन्त्रण नेपालगन्जबाट हुने र रेखदेख तुलसीपुर डिपोबाट हुने उनको भनाइ छ।

नेपाल आयल निगमका एभिएसन विभागका सहायक प्रबन्धक उपेन्द्रकुमार सुवेदीले टरीगाउँ एरपोर्टमा स्थापना भएको इन्धन डिपोले सूर्योदयदेखि सूर्यास्तसम्म सेवा दिने बताए। निगमले टरीगाउँ इन्धन डिपोबाट निजी हवाई कम्पनीहरूलाई पनि हवाई इन्धन दिने उनले बताए। ‘नेपाल वायु सेवा निगमलाई मात्रै सेवा दिन हामी स्थापना भएका छैनौं,’ उनले भने, ‘यसबाट निजी कम्पनीका जहाज र हेलिकप्टरहरू सबैले सेवा पाउनेछन्।’

तुलसीपुर डिपोका प्रमुख विपिन श्रेष्ठले हवाई इन्धन डिपोको सम्पूर्ण परीक्षण गरिसकेको र अब प्रयोग मात्रै गर्न बाँकी रहेको बताए। डिपो सञ्चालनका लागि कात्तिकमै प्रयास गरिएको थियो तर चाडपर्वको कारण केही ढिला भएको बताए। पछिल्लो समय जहाज नै १५ दिनदेखि नआउँदा सेवा सुरु हुन नसकेको हो। ‘अहिले भने हामी तेल भरेर बसेका छौं,’ उनले भने, ‘इन्धन फुलफिल छ। जहाज आएको छैन।’ 

डिपोमा इन्धन भण्डारणका लागि टं्याक ३० हजार लिटर क्षमताको छ भने जहाजमा तेल रिफिल गर्नका लागि ११ हजार लिटर क्षमताको बाउजर (ट्यांकर) तयारी अवस्थामा छ। इन्धन डिपो नहुँदा टरीगाउँ विमानस्थलमा उडान भर्ने जहाजले दुईतिर उडानका लागि इन्धन ढुवानी गरिरहेको अवस्थामा डिपो सञ्चालनमा आएपछि सहजता हुनेछ। इन्धन बोकेर ल्याउनु पर्दा जहाजले सिट क्षमताअनुसारको पूरै यात्रु बोक्न पाएका थिएनन् भने हवाई भाडासमेत महँगो पर्ने गरेको छ। टरीगाउँ विमानस्थलमा अहिले १९ सिटे ट्विनेटर जहाज मात्रै सञ्चालनमा छ। टर्मिनल भवनको पश्चिमतिर इन्धन डिपो स्थापना गरिएको छ। करिब डेढ करोड लागतमा डिपोको निर्माण गरिएको हो। न्यु ड्राइभन एमसी फाल्गुनान्दले इन्धन डिपोको निर्माण गरेको हो।

पुरानो टरीगाउँ विमानस्थल विभिन्न समयमा बन्द हुँदै सञ्चालन हुने गरेको छ। विमानस्थलमा ७ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग मात्रै कालोपत्रे भएकाले ट्विनेटर विमान मात्रै अवतरण गर्न सक्छन्। विमानस्थलमा कालोपत्रे नहुँदै त्योभन्दा ठूला जहाज आउने गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.