किसानको धान सरकारले नै किन्न पर्छ (भिडियो वार्ता)

किसानको धान सरकारले नै किन्न पर्छ (भिडियो वार्ता)

काठमाडौं: सरकारले एक महिनाअघि नै धानको मूल्य तोके पनि खरिद नहुँदा किसान चिन्तित छन् । 

मल, बीउ, श्रमअनुसारको मूल्य नपाएको गुनासो गर्ने किसानलाई मूल्य तोकेर पनि समयमै धान बेच्न नपाउँदा चिन्ता थपिएको छ । धान रोप्नुअघि नै मूल्य तोकेको सरकारले धान बेच्न ठिक्क पार्दा पनि खरिद नगरिएकोमा किसान रुष्ट छन् । 

सरकारी अधिकारी भने एक अर्कालाई देखाएर पन्छिरहेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी किसानको अहिले तयारी अवस्थामा रहेको धानमा ओसिलो मात्रा धेरै भएकाले खरिद गर्न नसकिने बताइरहेको छ । अर्कोतर्फ धान खरिदका लागि अर्थ मन्त्रालयले बजेट नपठाएकाले ढिलो भएको दाबी गर्दै आएको छ । यस्तो अवस्थामा मर्कामा रहेका किसानलाई सरकारकै अर्को संस्था राष्ट्रिय किसान आयोग भने स्थानीय तहले अग्रसरता लिएर भए पनि धान खरिद गर्नुपर्ने बताउँछ । 

धानको खरिद प्रक्रिया के हुने? सरकारले धान उत्पादक किसानका समस्या हल गर्न के गर्नुपर्छलगायतका विषयमा केन्द्रित रहेर अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलले राष्ट्रिय किसान आयोगका अध्यक्ष .प्रेम दंगालसँग गरेको कुराकानी हेर्नुहोस् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.