फुटपाथ अतिक्रमण हटाउँदै सिद्धार्थनगर

फुटपाथ अतिक्रमण हटाउँदै सिद्धार्थनगर

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले फुटपाथ अतिक्रमण हटाउन थालेको छ। 

अतिक्रमणले नगर कुरुप देखिएको र सर्वसाधरणलाई हिँडडुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले हटाउन थालेको हो।

यसका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ। पहिलो पटकका लागि नगर प्रहरीहरू दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन्।  

‘फुटपाथ अतिक्रमण गरेकाहरूलाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्ल भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणमा लिने गरेका छौँ।’

विशेष गरी व्यवसायीहरूले बजार क्षेत्रकोसडक फुटपाथ अतिक्रमण गरेका छन्। अतिक्रमण गरेर राखिएको सामग्री नगर प्रहरीले नगरपालिकाको कार्यालय ल्याउने गरेका छन्। 

नगरपालिकाको कार्यालयमा आएको सामग्री व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नवीकरण गरे/नगरेको समेत पहिचान गर्ने गरिएको छ।

‘नियन्त्रणमा लिएको सामग्री व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेका छौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ।’

उनले थपे– ‘सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधरणलाई सहज पनि भएको र राजश्व नबुझाएको व्यवसायीले राजश्व समेत बुझाउने थालेका छन्।’

व्यवसायसम्बन्धी सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणको हकमा पहिलो पटकका लागि सचेत गराएर सामग्री दिने गरिएको उनको भनाइ छ।

उनका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत तीन दिनमा करिब ६० हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.