अवैध संरचनामाथि भैरहवामा पनि चल्यो डोजर

अवैध संरचनामाथि भैरहवामा पनि चल्यो डोजर

भैरहवा : सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले डोजर चलाउन सुरु गरेको छ।

सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटक पटक सार्वजनिक रूपमा सूचना जारी गरेपनि सर्वसाधरणले नमानेपछि पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो।

यस्तै आइतबार पालिकाले-१ नौडिहवा गाउँमा रहेको दुईवटाको घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको छ। 

नौडिहवा टोल विकास समितिले मोहम्मद हसन तेली घरधनी रहेको दुई वटा घर निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी दिएको थियो।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराएपनि अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

नगरपालिका क्षेत्रमा चाप बढ्दै गएको र सार्वजनिक जग्गाको अभाव भइरहेको अवस्थामा सार्वजनिक जग्गाको खोजी गरी उपयोग गर्नका लागि अभियान सुरु गरिएको उनले बताए।

सर्वसाधरणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने अन्र्तगत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु गरिएको सिद्धार्थनगर नगरपालिका-१ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए।

उनले सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्तर्गत कार्य सुरु भएको भन्दै कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भए आफूहरूलाई सूचना दिन आग्रह गरे।

नगरपालिकाको नक्सा शाखा प्रमुख इन्जिनियर मान प्रसाद श्रेष्ठले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नाँपजाँचपश्चात एकीन गरेर भत्काउन सुरु गरेको र अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको बताए।

नगरपालिकाका उपमेयर उमा अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्क लगायत जनहितमा प्रयोग गरिने बताइन्। 

उनले सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाहरूको साथ सुझाव/सल्लाह आवश्यक रहेको बताइन्।

‘हामीहरू कसैले निर्माण गरेको घर/संरचना भत्काउन चाहदैनौँ तर सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले पनि कुनै संरचना निर्माण नगर्न आग्रह गर्छौ’ मेयर इश्तियाक अहमद खानले भने, ‘यदि हाम्रो आग्रहलाई वेवास्ता गरेर सार्वजनिक जग्गा मिचेर संरचना बनाईन्छन् भने नगरपालिकाको कार्यालय नियमानुसार अघि बढ्छ।’

सार्वजनिक जग्गा, कुलो लगायत मिचेर कसैले संरचना निर्माण गरेको भए आफै भत्काउन आग्रह गर्दै डोजर पुगेको अवस्थामा नगरपालिकाको कार्यालयले नियमानुसार अघि बढ्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.