अलपत्र पुलको ठेक्का नै रद्द

अलपत्र पुलको ठेक्का नै रद्द

जाजरकोट : पुष्पलाल (मध्यपहाडी) सडक आयोजना अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण सम्झौता तोडिएको छ। समयमै निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको हो। वाईपी कन्ट्रक्सन प्रालि काठमाडौंले २०६९ सालमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो।

जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण १० वर्षदेखि अलपत्र परेको थियो। पुलका दुईवटा पिलर मात्र हालेर निर्माण कम्पनीले काम अलपत्र छोडेको हो। तीन वर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड स्टिमेटको यो ठेक्का वाईपी कन्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठले १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए। 

ठेक्का सम्झौता गरेको १० वर्ष बितिसक्दा पनि काम नगरेपछि ठेक्का तोड्नुपरेको पुष्पलाल (मध्यपहाडी) सडक आयोजनाका इन्जिनियर हुमनाथ पौडेलले बताए।  बारम्बार ताकेता गर्दा पनि काम नगरेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सम्बन्धित निकायलाई सिफारिस गरिएको इन्जिनियर पौडेलले बताए। निर्माण कम्पनीले हालसम्म २३ प्रतिशत काम गरेको र १८ प्रतिशतको भुक्तानी लिइसकेको छ।

२ करोड ६० लाख पेस्की रकम कामको हिसाबमा मिलान गरिएको हो। निर्माण व्यवसायी श्रेष्ठको दुई वर्षअघि निधन भयो। ठेकेदारको निधनका कारण पनि पुल अलपत्र परेको हो। पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै अछाम, दैलेख, जाजरकोट रुकुमपश्चिम हँुदै काठमाडौं सिधा यातायात सञ्चालनमा आउन सकेको छैन।

समयमा पुल निर्माण भए राजमार्ग हुँदै मध्यपहाडको यात्रा सहज हुने स्थानीय बताउँछन्। नयाँ प्रक्रियाबाट पुलको टेन्डर गरेर केही समयभित्र पुल निर्माणको काम सुरु गरिने इन्जिनियर पौडेलले बताए। पुल नबन्दा सडक आयोजनाको स्तरोन्नती र कालोपत्रेको कामसमेत प्रभावित भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.