अपराधी छुटाउने दिवा सपना नदेख्न चुनौती (भिडियो वार्ता)

अपराधी छुटाउने दिवा सपना नदेख्न चुनौती (भिडियो वार्ता)

काठमाडौं: सरकारले ल्याएको अध्यादेशको पक्ष र विपक्षमा अहिले बहस भइरहेको छ। ठूला राजनीतिक दलका नेता पनि बाँडिएका छन्।

सत्तारुढ भित्र नेपाली कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापाले खुलेरै अध्यादेशको विपक्षमा बोलेका छन्। यता नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आज एक विज्ञप्ति नै जारी गरी सरकारले विगतका सहमति कार्यान्वयन गर्न चालेको कदम सकारात्मक भएको दाबी गरेका छन्। कांग्रेस भित्रकै थारु नेताले अध्यादेशको कार्यान्वयनमा जोड दिएका छन्। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि सरकारले ल्याएको अध्यादेश अवैधानिक भएको भन्दै सरकारको आलोचना गरेका छन्। सरकारले सर्वोच्चको स्टे अडर विपरीत अध्यादेश ल्याएको आरोप लगाउँदै त्रिपाठीले अपराधी छुटाउने दिवा सपना नदेख्न चुनौती पनि दिएका छन् । 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै त्रिपाठीले सरकारले सत्ता भोगकै लागि मात्र अध्यादेश ल्याएको बताए । यो अध्यादेश जस्ताको तस्तै लागू भए नेपाल असफल राष्ट्रतिर जाने उनको भनाई छ। अध्यादेशले नेपाललाई अन्तर्राष्ट्रिय समूदायमा पनि कमजोर देखाउने त्रिपाठीले बताए । यो अध्यादेश लागू भए नेपाललाई विदेशी समूदायले दिँदै आएको ऋण तथा अनुदान सहयोग कटौती हुने, विदेशी लगानी शुन्यतिर जानसक्ने अवस्था आउने बताए ।

कांग्रेस लोकतान्त्रिक पार्टी भनिए पनि कांग्रेस नेतृत्वकै सरकारले यस्तो अध्यादेश ल्याउनु सर्वदा गलत भन्दै उनले कांग्रेसमा चरम सत्ता भोग देखिएको बताए। सरकारले गलत काम गरेको भए पनि अब राष्ट्रपतिबाट भने रोक्न नमिल्ने अवस्था रहेको त्रिपाठीको दाबी छ । 

त्रिपाठीसँग गरिएको कुराकानी हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.