दुर्गा प्रसाई भन्छन्- मुलुक बचाउँन पूर्वराजासँग सहकार्य गरौँ (भिडियो वार्ता)

दुर्गा प्रसाई भन्छन्- मुलुक बचाउँन पूर्वराजासँग सहकार्य गरौँ (भिडियो वार्ता)

काठमाडौं: नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले मुलुकलाई निकास दिन पूर्वराजा ज्ञानेन्द्रसँग पनि सहकार्य जरूरी रहेको बताएका छन्।

संघीयता र धर्म निरपेक्षाले मुलुक बर्बादीको बाटोमा पुगेको बताउँदै प्रसाईले पूर्वाराजा ज्ञानेन्द्र राष्ट्रवादी हुन् भने जनतासँग सहकार्य गरेर अघि बढ्न अब मैदानमा आउन आवश्यक रहेको बताए।

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै प्रसाईले भने, 'संघीयता र धर्म निरपेक्षताले मुलुक बर्बाद पारेकोबारे पार्टी अध्यक्षलाई पनि भनिसकेको छु । उहाँले प्रत्तिउत्तरमा कुरा ठीक हो भन्नुभएको छ ।'

नयाँ बन्ने सरकारले पनि मुलुकलाई निकास नदिने उनको दाबी छ । 'अझ गगन थापानै प्रधानमन्त्री भए भने त मुलुक झन् ध्वस्त हुन्छ । एमसीसी पास गराउने भूमिका खेलेर थापाले नेपालमा अमेरिकी सेना आउने वातावरण नै बनाइसके। मुलुकमा विदेशी हस्तक्षेप झन् बढ्नेछ,' प्रसाईले भने ।

एमालेको केन्द्रीय सदस्य भएर पनि पार्टी लाइन विपरित राजा, हिन्दु राज्य र संघीयता खारेजीको मुद्दा लिएर हिँड्दा कारबाही होला नि भन्नेमा प्रश्नमा प्रसाईले भने, 'मेरो व्यक्तिगत विचार हो अनुशासनको डन्डा नचलोस् तर अब पनि मुलुकमा संघीयता रहिरहे झन् अप्ठ्यारो पर्छ ।'

प्रतिनिधिसभा चुनावमा टिकट नपाएको सन्दर्भमा प्रसाईले आफैँले नै टिकट लिन नचाहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.