७२ वर्षमा घर्तीलाई नागरिकता

७२ वर्षमा घर्तीलाई नागरिकता

दाङ : नेपालमा १६ वर्ष पूरा भएको नागरिकले नागरिकता बनाउन पाउँछ तर दाङमा एक महिलाले ७२ वर्षको उमेरमा मात्र नागरिकता प्राप्त गरेकी छिन्। तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासकी राधिका घर्तीले नागरिकता बनाउने उमेर पुगेको साढे पाँच दशकपछि मात्र नेपाली नागरिकता पाएकी हुन्।

रोजगारीका लागि परिवारसहित भारतमा घर्ती सानै उमेरदेखि नै भारतमा बसेकी थिइन्। परिवारको दैनिक चलाउनका लागि भारतमा बस्दै आएकी घर्तिले समयमा नागरिकता बनाउन पाइनन्। ‘भारत बस्दा नागरिकताको आबश्यकता परेन’, उनी भन्छिन, ‘उमेर हुँदा कमाएर खाइयो पछि घर नेपाल फर्कदा यसको महत्व बुझे अनि नागरिकता बनाउने प्रक्रियामा लागे।’

ज्याला मजदुरी खान सक्ने उमेरसम्म भारतमै बसेकी उनी अहिले दुधरासमा परिवारसँग बस्दै आएकी छिन्। परिवारको आर्थिक अवस्था दयनीय भएकै कारण उनले आफ्नो जीवननै भारतमा श्रम गरेर बिताएको बताइन्। बस्ने घर समेत नभएको अवस्थामा वडा नं. १८ को कार्यालयले बस्ने घर बनाइदिएको छ। वडा कार्यालयको सहयोगमा घर बनेपछि उनी अहिले आफ्नी १०४ वर्षीय आमाको हेरचाह गर्दै दैनिकी धान्ने खर्च जुटाउँदै आएकी छिन्।

समयमै नागरिकता नबनाउँदा राज्यबाट उपलब्ध हुने सेवा सुविधाबाट समेत बञ्चित हुनु परेको उनले बताइन्। वि.सं. २००७ सालमा जन्मिएकी घर्तीले गत ४ पुसमा नागरिकता प्राप्त गरेकी हुन्।

नागरिकता बनेपछि खुसी साट्न उनी वडा कार्यालयसम्म पुगेको वडा कार्यालयले बताएको छ। लामो समयसम्म नागरिकता नबनाउँदा कानुनी प्रकृया, कागजी प्रक्रियाहरू झन्झटिलो भएको अनुभव सुनाइन्। प्रहरी, प्रसाशन, स्थानीय सरकारलगायतका हरेक निकायमा धाउनुपर्ने भएकाले सास्तीसमेत भएको उनले बताइन्।

नागरिकता बनाउँदा आवश्यक प्रकृया कहाँ र कसरी पुरा गर्ने भन्ने विषयमा जानकारी नभएपछि वडा कार्यालय र प्रहरी प्रशासन लगायतको सहयोग लिनु परेको उनले बताइन्। नागरिकता प्राप्त भएसँगै अबदेखि आफूले सामाजिक सुरक्षाभत्ता पाउने भन्दै उनी खुसी भइन्।

आफू हुर्कदै गरेको अवस्थामा बुबाको मृत्यु भएको र आमाको स्याहारसुसारका लागि अन्य कोही नभएकाले आफूले आमालाई पाल्दै आएको उनले बताइन्। पछिल्लो समय काम गरेर खाने अवस्था नभएकाले राज्यबाटै मिल्ने भत्ताले परिवारको खर्च जुटाउन सकिने भन्दै उनी खुसी साट्न वडा कार्यालयसम्म पुगेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.