न्यायालयमाथि भइरहेको विकृति र बेतिथिको अन्त्य गर्छु : महान्यायाधिवक्ता डा. पोखरेल
झापा : महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले न्यायालयमाथि भइरहेको चौतर्फी आक्रमणलाई रोकी त्यसलाई सुधार गरेर अघि बढ्ने बताएका छन्।
नेपाल बार काउन्सिल र झापा बार एशोसियसनको संयुक्त आयोजनामा भएको नेपाल कानुन व्यवसायी परिषद्को वार्षिक गतिविधि तथा कानुन आचारसंहिता अनुसन्धान अभियोजन अन्तर्क्रियामा बोल्दै महान्यायाधिवक्ता डा. पोखरेलले यस्तो बताएका हुन्।
सरकारले बुधबार मात्र महान्यायाधिवक्तामा नियुक्त गरेका डा. पोखरेलले भने, ‘म सस्तो लोकप्रियताका लागि कुनै कुरा बोल्दिनँ र बोलेको कुरालाई पूरा गरेरै छाड्छु।’
न्यायालयमा हुने गरेका विकृति विसंगति र बेतिथिको अन्त्य गर्दै त्यसलाई सुधारोन्मुख बनाउने आफ्नो मुख्य लक्ष्य र योजना रहेको उनले बताए।
सो कार्यक्रममा कानुन व्यवसायी आचारसंहिताका विषयमा नेपाल बार एसोसिएसनका सदस्य डा. चन्द्रकान्त ज्ञवाली र अनुसन्धान अभियोजन पत्रका बारेमा झापा जिल्ला न्यायाधिवक्ता प्रकाश गौतमले छुटाछुटै कार्यपत्र प्रस्तुत गरेका थिए।