किन घट्दैन पेट्रोलको मूल्य ?

किन घट्दैन पेट्रोलको मूल्य ?

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अत्याधिक नाफा लिइरहेको छ। धेरै नाफा लिँदा पनि मूल्य भने घटाएको छैन। निगमले खरिदको तुलनामा पेट्रोलमा १४ रुपैयाँ ६६ पैसा, डिजेलमा ७ रुपैयाँ २ पैसा, मट्टीतेलमा प्रतिलिटर ४४ रुपैयाँ नाफा गर्छ। हवाइ इन्धन आन्तरिकमा ४९ रुपैयाँ, हवाइ इन्धन (अन्तराष्ट्रिय उडान) मा ९९ रुपैयाँ ५३ पैसा नाफा गरी बिक्री गर्छ। समग्रमा इन्धनमा निगमले ७४ रुपैयाँ १७ नाफा गर्छ। 

निगमले १ सय ६३ रुपैयाँ ३४ पैसामा खरिद गरी १ सय ७८ मा पेट्रोल बिक्री गर्छ। १ सय ६७ रुपैयाँ ८२ पैसामा खरिद गरी १ सय ७५ रुपैयाँमा डिजेल बिक्री गर्छ। १ सय ३१ रुपैयाँ २१ पैसामा खरिद गरी १ सय ७५ रुपैयाँमा मटितेल बिक्री गर्छ। हवाई इन्धन (आन्तरिक उडान) १ सय ४१ रुपैयाँमा खरिद गरी १ सय ९० मा बिक्री गर्छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण मूल्य समायोजन गर्न उनको निर्देशन हो। तर, कार्यान्वयन के हुन्छ ? नतिजा आएको छैन। 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ मूल्य घटाउन निर्देशन दिने तर आफैं सरुवा गरी सरकारले नाटक गरेको आरोप लगाउँछन्। निगमका नायव प्रबन्ध निर्देशक नगेन्द्र शाहले बोर्ड बैठक बसेर पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका छन्। ‘सचिवको सरुवा भएकाले बिहीबार छलफल हुन सकेन,’ शाहले भने, ‘शुक्रबार नै बोर्ड बैठक बसेर निणर्य हुनसक्छ।’ हाल निगम मासिक १ अर्ब ९८ करोड रुपैयाँका दरमा नाफामा छ। 

निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा नाफा गर्छ। केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा करिब ९९ करोड नाफा हुने निगमले जनाएको छ। तर, निगमले इन्डियन आयल कर्पोरेसनलाई जनवरी ८ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी १८ अर्ब तिर्न बाँकी रहेको जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ३५९.५० रुपैयाँ घाटा खाएर बेचिरहेको निगमको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.