आर्थिक समस्या समाधान गर्न ‘सामूहिक पहल जरुरी’

आर्थिक समस्या समाधान गर्न ‘सामूहिक पहल जरुरी’

जनकपुरधाम ; उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन्। 

भ्वाइस अफ साउथ समिटअन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड—१९ को महामारीपछि विश्वव्यापी रूपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए।

मानव विकास र आर्थिक वृद्धिसँगसँगै हुने उल्लेख गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने, ‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ। हामी समृद्ध नेपाल, सुखी नेपालीको एजेन्डालाई अगाडि बढाउन केन्द्रित छौं।’ आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिएको र  दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु. ५ खर्ब ८५ अर्ब वित्तीय अभाव भएको उनले बताए।

‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ। यो  कोभिड—१९ महामारीपूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ,’ उपप्रधान तथा अर्थमन्त्रीले भने, ‘वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको समिश्रण गर्नुपर्छ।’ नेपालले द्विपक्षीय र बहुपक्षीय  विकास साझेदारहरूसँग सहयोगात्मक  सम्बन्ध  राखेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे।

उनले नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताए। नेपालमा वित्तीय सेवाहरूमा पहुँच फराकिलो बनाउने काम गरिराखेका जानकारी गराउँदै अर्थमन्त्री पौडेलले विद्युतीय वित्तीय सेवाहरूको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रम लागू गरेको जानकारी दिए। नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको जानकारी गराउँदै उनले वित्तीय समावेशीकरण तथा डिजिटलाइजेसनमा भारतले ठूलो सफलता हासिल गरेको  बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.