नेपथ्यको सांगीतिक यात्रा अष्ट्रेलियामा

नेपथ्यको सांगीतिक यात्रा अष्ट्रेलियामा

काठमाडौं : लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो शृंखलाबद्ध प्रस्तुतिसहित अस्ट्रेलियाको ६ सहरको सांगीतिक यात्रा गरेको थियो।

यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दैछ। ‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशब्यापी यात्रा सफलतापूर्वक सम्पन्न गरेको थियो। त्यतिबेला मुलुकभर सडक आश्रितहरूको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यमा  सात प्रदेशका १० सहरमा कार्यक्रम प्रस्तुत गरेको थियो। 

‘सोही यात्राबाट प्रेरित भएर हामीले सन् २०२३ भरि हाम्रा सबै प्रस्तुतीहरूलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रबद्र्धन अभियानको शृंखलाका रुपमा प्रस्तुत गर्ने योजना बनाएका हौं’, नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन्।

नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर नाम दिइएको यो सांगीतिक यात्रा जनवरी २५ मा डर्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’बाट  प्रारम्भ हुनेछ। त्यसपछि जनवरी २८ मा एडिलेडस्थित ‘हिन्डले म्युजिक हल’मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्युड म्युजिक हल’मा सम्पन्न भएसँगै चौथो प्रस्तुतिका लागि राजधानी क्यानबेरामा पुग्नेछ। फेब्रुअरी ३ मा त्यहाँस्थित ‘म्येनिङ क्लार्क हल, काम्ब्री’मा नेपथ्यले प्रस्तुति दिनेछ। यसअघि पाँचपटक अस्ट्रेलियाको भ्रमण गरिसकेको ब्यान्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ।

पाँचौं कन्सर्टका लागि ब्यान्ड वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थ पुग्नेछ। फेब्रुअरी ५ मा त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा आफूलाई उभ्याउनेछ। त्यसपछिको नेपथ्यको यात्रा पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरूले भरिएको सहर सिड्नीको हुनेछ। अस्ट्रेलियाकै आर्थिक केन्द्र सिड्नीमा ब्यान्डले फेब्रुअरी १० मा आफूलाई ‘होडर्न पेभिलियन’मा प्रस्तुत गर्नेछ। त्यसपछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फ हुनेछ। उक्त राज्यको राजधानी मेलबर्नमा ब्यान्डले १३ फेब्रुअरीमा आफूलाई प्रस्तुत गर्नेछ।

कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनोट गरिएको छ। सो हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेसन नजिकै छ। त्यसपछि अस्ट्रेलियाकै पुछारको टापु तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ। त्यस राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ मा नेपथ्यका लोकभाकाहरू घन्कने छन्। ६ संगीतकर्मीसहित १३ सदस्यीय टोली शुक्रबार २० अस्ट्रेलिया प्रस्थान गर्दैछ। अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.