पासोमा परेर मर्दैछन् वन्यजन्तु

चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७ वटा वन्यजन्तु पासोमा परेकामा ६ वटा भने मरेको अवस्थामा फेला परेका थिए।

पासोमा परेर मर्दैछन् वन्यजन्तु

सुर्खेत : पछिल्लो समय मानवीय व्यवहारका कारण वन्यजन्तु असुरक्षित बनेका छन्। सामुदायिक वनको अवधारणाका कारण वन्यजन्तुको संख्यामा बृद्धि भए पनि चोरी शिकारीले वन्यजन्तु असुरक्षित बनेका हुन्। शिकारीले जंगलमा लुकीछिपी राखेको पासोमा परेर वन्यजन्तु मर्न थालेका छन्। यसले वन्यजन्तुको संरक्षणमा नै चुनौती थपिएको छ।

जिल्लाका ग्रामीण क्षेत्रमा वन कार्यालय र प्रहरीको आँखा छलेर अहिले पनि वन्यजन्तुको चोरी शिकारी हुन्छ । तर, वन कार्यालय र प्रहरीको प्रत्यक्ष उपस्थिति र निगरानी रहने वीरेन्द्रनगर भित्रका जंगलमा पनि वन्यजन्तु सुरक्षित छैनन्। मुख्यगरी वीरेन्द्रनगरमा बाक्लो जंगल रहेको उत्तरी जलाधार क्षेत्र र काँक्रेविहारको जंगलमा रहेका वन्यजन्तु शिकारीले थापेका पासोमा परेर मर्न थालेका छन्। 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७ वटा वन्यजन्तु पासोमा परेकोमा ६ वटा भने मरेको अवस्थामा फेला परे। डिभिजन वन कार्यालय वीरेन्द्रनगरका अनुसार यो अवधिमा शिकारीले थापेको पासोमा परेको एउटा वन्यजन्तुको भने जिवितै उद्धार गरिएको छ। फेला पारिएका बाहेक अन्य वन्यजन्तुलाई शिकारीहरूले नै लगेको हुनसक्ने भएकाले मरेका वन्यजन्तुको संख्या अरु बढी हुनसक्छ। वीरेन्द्रनगर आसपासका जंगलमा रहेका जंगली बँदेल, मृग, रतुवालगायतका वन्यन्तुको चोरी शिकारी हुन थालेको हो। यीनै वन्यजन्तुको चोरी शिकारी गर्न थापिएका पासोमा कहिलेकाँही कुुकुरहरू पनि पर्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

बन्दुकबाट शिकार गर्दा आवाज आउने र प्रहरीले थाहा पाउने भएकाले पनि शिकारीहरूले पासो थापेर चोरी शिकारी गर्ने गरेको पाइएको हो। सोमबार मात्र वीरेन्द्रनगर नगरपालिका—४ को प्रादेशिक सहिदपार्क नजिकको जंगलमा एउटा रतुवा पासोमा परेर मृत अवस्थामा फेला परेको थियो। भैरव सामुदायिक वन समूहका वनरक्षक लालबहादुर नेपालीले पासोमा परेर मृत अवस्थामा रहेको रतुवा देखेपछि प्रहरी र वीरेन्द्रनगर डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। वन कार्यालयबाट गएको टोलीले उक्त मृत रतुवालाई गाडेको छ। वनरक्षक नेपालीले जंगलभरी चोरी शिकारीहरूले वन्यजन्तुको शिकार गर्नका लागि छ्याप्छ्याप्ती पासो थापेको बताए।

वनको गस्ती गर्नेक्रममा आफूहरू पनि शिकारीले थापेका पासोमा पर्ने गरेको भन्दै उनले ती पासो नहटाएसम्म वन्यजन्तु सुरक्षित हुन नसक्ने बताए। भैरव सामुदायिक वनका अध्यक्ष अमरबहादुर कार्कीले जंगलमा चोरी शिकारीले गतवर्ष दुई दर्जनभन्दा बढी पासो नष्ट गरेको भन्दै उनले अहिले पनि वन क्षेत्रमा छ्याप्छ्याप्ती पासो राखेको पाइएको बताए। उनले पासो थापेर शिकारीहरू फरार हुने गरेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.