ओखलढुंगाको  रिसोर्टमा आगलागी, करोड बढीको क्षति

ओखलढुंगाको  रिसोर्टमा आगलागी, करोड बढीको क्षति

सोलुखुम्बु : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ को एक रिसोर्टमा आगलागी हुँदा १ करोडभन्दा बढीको क्षति भएको छ । मंगलबार दिउँसो अन्दाजी साढे २ बजे दावा शेर्पाले सञ्चालन गरेको दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी हुँदा सो बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ । 

आगलागीबाट काठ र टिनले बनेको २ तले घरसहित भित्र भएको सबै सामाग्री जलेर नष्ट भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक (इङ्पेक्टर) केशव अधिकारीले जानकारी दिए । रिसोर्ट पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो साँझ ६ बजेतिर प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । 

आगलागीको कारण यकिन नभए पनि चुलोबाट सल्किएको हुन सक्ने अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.