उत्कृष्ट जनप्रतिनिधि र कर्मचारी पुरस्कृत

उत्कृष्ट जनप्रतिनिधि र कर्मचारी पुरस्कृत

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले उत्कृष्ट जनप्रतिनिधि र कर्मचारीलाई पुरस्कृत गरेको छ।  गाउँपालिकाले मंगलबार आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७८-०७९ को कार्य सम्पादनका आधारमा उत्कृष्ट जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उपभोक्ता समिति, शाखा र वडा कार्यालयलाई पुरस्कार प्रदान गरेको हो।

उत्कृष्ट जनप्रतिनिधिको पुरस्कार वडा नम्बर १ का अध्यक्ष दत्तिसिंह भण्डारीलाई प्रदान गरिएको छ। यस्तै, सर्वोत्कृष्ट कर्मचारी लोकेश बोहरा, उत्कृष्ट कर्मचारी विष्णुराज भट्ट, उत्कृष्ट स्वास्थ्यकर्मी गणेशबहादुर ऐडी, उत्कृष्ट वडा कार्यालय वडा नम्बर ५, उत्कृष्ट स्वास्थ्य संस्था चिपुर स्वास्थ्यचौकी र उत्कृष्ट शाखाको पुरस्कार पशु विकास शाखाले पाएको छ।

यस्तै, सबैभन्दा धेरै राजस्व संकलन गर्ने वडा कार्यालय वडा नम्बर ३, प्रत्येक वडाका एक÷एक उपभोक्ता समितिका दरले ६ वटा उपभोक्ता समिति र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिक्षकलाई पनि पुरस्कारसहित सम्मान गरिएको थियो।  कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेटीले अजयमेरु गाउँपालिकाले कार्यान्वयन गरेका योजना र सम्पादन गरेका कामको प्रतिवेदन सार्वजनिक गरेका थिए। कार्यक्रमका सहभागीले गाउँपालिका देशभरिमै नमुना र उत्कृष्ट पालिका भइसकेको स्मरण गराउँदै सोहीअनुसार आगामी दिनमा पनि काम गर्न सुझाव दिँदै गाउँपालिकाका सेवाका बारेमा जिज्ञासा राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.