संघीयताको मर्मअनुसार काम गर्छौं : मुख्यमन्त्री गिरी

संघीयताको मर्मअनुसार काम गर्छौं : मुख्यमन्त्री गिरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्मअनुसार काम गर्ने बताएका छन्। 

लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ। नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ।’

संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य भएको बताए। ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन्। संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भने, ‘संघीयता विरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हित विपरीतको कार्य हो। यसतर्फ सबै सचेत हुनुपर्दछ।’

संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै मुख्यमन्त्री गिरीले गाउँगाउँसम्म र घरघरसम्म विकास र समृद्धि पुर्‍याएको बताए। ‘संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ। तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्न बनाउने काम गरेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पुर्‍याएको छ। जनतालाई अधिकार सम्पन्न बनाएको छ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशवासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताए। 
लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरू छन्। चुनौती पनि त्यत्तिकै छन्। चुनौतीका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ।’

समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै मुख्यमन्त्री गिरीले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पूरा गर्नतर्फ लाग्नुपर्ने बताए। 

पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको बताए। ‘बितेका पाँच वर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे। भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ। ८४ वटा विधेयक बनेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘आगामी दिनमा पनि यो गतिलाई निरन्तररुपमा अगाडि बढाउनु पर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.