एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्छौं : गगन थापा

एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्छौं : गगन थापा
सुन्नुहोस्

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्।

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन‍्। उनले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ' सम्मानीय कठपुतली राष्ट्रपति'बन्ने टिप्पणी गरे।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले बताए।

'हामीले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं। हराएर  छोड्‍छौं। कोशिस गर्छौं ।लाग्छौं लाग्छौं। स्वभाविक हो नि त। आँखा लगाउँछौं। भोटै माग्छौं। मत लिने कोशिस गर्छौं।

फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने शीतल निवास र बालुवाटार शक्ति केन्द्र बन्ने र यसले स‌ंविधान खतरामा पर्ने उनको भनाइ छ

उनले राष्ट्रपति को हुने भन्नेभन्दा हिजोको राष्ट्रपतिको भूमिकाको डरबाट आफूहरू मुक्त हुन चाहेको बताए।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.