नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित
नेपाली कांग्रेसले बिहीबारलाई बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।
नेपाली कांग्रेसले माघ २६ गते बिहीबार दिउँसो एक बजेलाई पार्टीको संसदीय दलको बैठक बोलाएको थियो।
कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्।
सूचनामा भनिएको छ, 'नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बिहीबार दिनको एक बजे बस्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ।'

प्रतिक्रिया दिनुहोस !